मुख्य समाचार

पोउवा संघको २५औं अध्यक्षमा पवन प्रजापति भारी मतले विजयी

पोखरा, २६ भदौ । पोखरा उद्योग वाणिज्य संघको २५औं अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन् । पवनले १६ सय १३ र अर्जुनले ८९७ मत प्राप्त गरेका हुन। भारी मतान्तरले अध्यक्षमा बिजयी बनेका पवन प्रजापति उधाेगी, व्यवसायी बिचमा अत्यन्त सालिन र सहयाेगी ब्यक्तित्वका रूपमा चिनिन्छन । यसअघि पवन प्रजापती संघको वरिष्ठ उपाध्यक्ष र अर्जुन पाेखरेल वाणिज्य तर्फका उपाध्यक्ष रहेका थिए । अघिल्लो चुनावमा एउटै प्यानलमा रहेका… पुरा पढौ

कृषकलाई सहुलियत ऋण: दूध, अण्डालगायतको उत्पादन बढ्यो

दमौली, २६ भदौ । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन्् । जिल्लास्थित विभिन्न बैङ्कले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथ्याङ्कअनुसार जिल्लाका १४ बैङ्कले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन्। सरकारको निर्णय बमोजिम ती बैङ्कले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। पशुपालनमा… पुरा पढौ

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल

काठमाडौं, २६ भदौ । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन् । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले लामो सङ्घर्षका… पुरा पढौ

१९२६.२८ विन्दुमा झर्यो नेप्से, कारोबार ७५ करोडमा सीमित

काठमाडौं, २६ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारले ओरालाको यात्रा तय गरेको छ । खरिदबिक्री रहेका सेयर संख्या तथा कारोबार रकममा निकै गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.५९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले घटेर ३७४.७८ विन्दुमा रहेको छ । आज कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख २४ हजार २२४ कित्ता सेयरको खरिदबिक्रीबाट ७४ करोड ७२… पुरा पढौ

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुँदै

काठमाडौं, २६ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि भदौ २७ गते सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमबार बिहान ९ बजे बाँडफाँट हुने कम्पनीले जनाएको छ । गत भदौ २३ गते नै प्रि-अलमेन्ट सम्पन्न गरेर सोमबार सेयर बाँडफाँट गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ । लघुवित्तले गत भदौ १५ गते देखि १९ गतेसम्म म्याद राखेर आफ्नो जारी पुँजी १० करोड… पुरा पढौ

तरकारी खेतीबाट झापाका कृषकले गरे मनग्य आम्दानी

झापा, २६ भदौ। झापाकाे उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा… पुरा पढौ

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

रुपन्देही, २६ भदौ। बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए । सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले… पुरा पढौ

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं, २६ भदौ । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले गत भदौ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद  भदौ ३१ गतेसम्मका लागि बढाएको हो । हकप्रद सेयरका लागि भदौ २६ गतेसम्म प्रारम्भिक म्याद तोकिएकोमा माग बमोजिम आवेदन नपरेकाले आगामी भदौ ३१ गतेसम्मका लागि म्याद थप गररिएको बताइएकाे छ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा निष्कासन गरेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ… पुरा पढौ

जिब्रो छेड्ने जात्रा सकियाे

भक्तपुर, २६ भदौ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न भएको छ । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिएका… पुरा पढौ

कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा

काठमाडौं, २६ भदाै । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा ल्याइएकाे छ । बैंकका संस्थापक सेयरधनीहरुकाे १८ हजार ९३२ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याइएकाे छ । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ तथा संस्थापक अर्का सेयरधनी ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । दुबैले सेयरको बिक्री भाउ तोके अनुसार हुने बताएका छन् । संस्थापक सेयर खरिद गर्नका लागि बैंकका अरु संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आजदेखि ३५… पुरा पढौ