मुख्य समाचार

पाेउवाकाे चुनावमा बिहान ८ बजेदेखि मतदान जारि(फाेटाे फिचर)

पोखरा, २५ भदाै । २०११ सालमा स्थापना भएकाे पाेखराकाे पूरानाे उद्याेगी ब्यवसायीको साझा संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदैछ । बिहान ८ बजेबाट जारि रहेकाे छ । चुनावी प्रतिष्प्रधामा पवन प्रजापति र अर्जुन पाेखरेल समूह रहेका छन् । उनीहरूबिच कडा प्रतिष्पर्धा हुँदै । दुबै समूहले आफ्नो जीतकाे कुरा बताइरहेका भएपनि यसकाे छिनाेफानाे मतगणनापछि नै हुनेछ । पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशन शुक्रबार भदाै २४ गतेबाट शुरु भएकाे हाे । २ वर्षको कार्यकालको लागि आज नेतृत्व चयनका लागि… पुरा पढौ

राहदानी शुल्कबाट साढे ८ करोड राजस्व संकलन

झापा, २५ भदौ । झापामा राहदानीबाट १ वर्षमा ८ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८-०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए। सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए। आव २०७७÷७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६… पुरा पढौ

पोउवा संघकाे चुनाव आज, प्रजापति र पाेखरेल समूहबिच टक्कर

पोखरा, २५ भदाै । २०११ सालमा स्थापना भएकाे पाेखराकाे पूरानाे उद्याेगी ब्यवसायीको संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेबाट सुरु भएको छ । चुनावी प्रतिष्प्रधामा पवन प्रजापति र अर्जुन पाेखरेल समूह रहेका छन् । उनीहरूबिच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएकाे छ । दुबै समूहले आफ्नो जीतकाे कुरा बताइरहेका भएपनि यसकाे छिनाेफानाे मतगणनापछि नै हुनेछ । प्रत्यासी पवन प्रजापति समूह पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पवन प्रजापति र अर्जुन पाेखरेलकाे टीम… पुरा पढौ

लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री कार्की

काठमाडौं, २५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार विस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको उल्लेख गरे। मन्त्री कार्कीले भने, “आवधिक योजनाले आँकलन गरेअनुसार पनि नेपालको कूल… पुरा पढौ

अवैध संरचना भत्काउँदा निस्किएका सामग्री व्यवस्थापन गरिँदै

काठमाडौ, २४ भदौ । अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा निस्किएका सामग्री व्यवस्थापनको काम आगागी हप्तासम्ममा सकिने काठमाडौ महानगरपालिकाले जनाएको छ । नक्सा विपरित निर्माण भएका, नक्सा अनुरुप निर्माण भए पनि सोही अनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने क्रममा निसिकएको सबै सामग्री केही यस अघिनै व्यवस्थापन भएको र बाँकी रहेकाको पनि आगामी आईतबारदेखि व्यवस्थापन गरिने जनाइएको छ । “अवैधरुपमा संरचना निर्माण गर्नु पहिलो गल्ती हो, भत्काएपछि व्यवस्थापनको काम पनि कामपाले नै गर्नुपर्ने अचम्म छ,… पुरा पढौ

बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभावभन्दा पनि लगानीयोग्य पुँजीको अभाव भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो विचार व्यक्त गरेका हुन् । विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको उक्त सम्मेलनमा डेपुटी गभर्नर मिश्रले बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताउँदै बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि बृहत् लगानी जुटाउन सकिने बताए । मिश्रले बैंकहरूले ५ खर्ब ३८ अर्ब… पुरा पढौ

एकै वडाबाट वार्षिक ४ करोडको दूध बिक्री

म्याग्दी, २४ भदौ । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक ४ करोड रुपैयाँ बराबरको दूध निकासी हुन थालेको छ ।  बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।  'सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्', उनले भने, 'यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध… पुरा पढौ

पाँचपोखरी थाङपाललाई पर्यटकीय ‘हब’ बनाइँदै

सिन्धुपाल्चोक, २४ भदौ । सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल ९हब० बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब ४ हजार १ सय ५१ मिटर उचाइमा रहेको पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताए ।… पुरा पढौ

२ अर्ब माथिका आयोजनालाई सुविधा दिन हेजिङ नियमावली

काठमाडौं, २४ भदौ । सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यकासाथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको विस्तार तथा राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले हेजिङ सुविधा उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’ अनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशयुक्त वा अर्धजालशयुक्त विद्युत् परियोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको अर्थसचिव कृष्णहरि पुस्करले जानकारी दिए। यस्तै दुई… पुरा पढौ

नागरिकता विधेयक प्रमाणीकरण नभए यो मुद्दा अदालतमा जान्छ: प्रचण्ड

पोखरा, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका छन् । उनले केही दिनअघि राष्ट्रपतिसँग भेट्दा नागरिकता विधेयकलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा देखेको र यस हिसाबले राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना रहेको बताउँदै यस्तो अभिव्यक्ति दिएका हुन् । आफूले राष्ट्रपतिलाई दोस्रोपटक पनि उक्त विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने स्थिति आउने वा उक्त मुद्दा अदालतसम्म पुग्नेबारे सचेत गराएको पनि उनले थपे । प्रेस सेन्टर कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनमा दाहालले… पुरा पढौ