मुख्य समाचार

नेपालमा २ खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी : केन्द्रीय बैंक

काठमाडौं, २८ भदौ । नेपालमा हालसम्म २ खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको पाइएको छ । यो आँकडामा संसारका विभिन्न ५५ देशको संलग्नता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको हो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । यसैगरी… पुरा पढौ

नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २८ भदौ । लगातार ओरालोकाे यात्रामा गएकाे नेपाली सेयर बजारमा आज भने नकारात्मक घेरा तोडेर सर्वत्र हरियाली छाएकाे छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउनुका साथै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । तर कारोबार रकम भने करोड नाघ्न सकेन । मंगलबार नेप्सेमा छाएको हरियालीले लगानीकर्तामा उत्साह थपिएको छ । अब सेयर बजारले लय पकड्ने होकि भन्ने आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३० अंकले… पुरा पढौ

बच्चा चोरी गिरोहबारे उजुरी सुन्य, भ्रम फैलाउनेलाई कारबाही गरिन्छ : साइबर ब्यूरो

काठमाडौं, २८ भदौ । नेपाल प्रहरीको साइबर ब्यूरोले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको र बच्चा चोरी गरेको विषयमा कुनै उजुरी नपरेकाले भ्रम नफैलाउन सबैमा आग्रह गरेको छ । ब्यूरोले सोमबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि उजुरी हालसम्म प्रहरीसमक्ष नआएको बताएको छ । ब्यूरोले 'भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर मिर्गौला, आँखालगायतका शरीरका विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको' व्यहोरा लेखेर सामाजिक… पुरा पढौ

अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी ३ अर्ब हुनुपर्ने

काठमाडौं, २८ भदाै । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने भएकाे छ । साथै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्नुपर्ने भएकाे छ । नियमावली दोस्रो संशोधनपछि यस्ताे व्यवस्था गरिएकाे हाे । यसका बारेमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति अनुसार नियमावलीलाई सार्वजनिक गरेको हो । नियमावली अनुसार अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ भदाै । इष्टर्न हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरकाे लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । सेयरमा आयोजना प्रभावित भोजपुर जिल्लाका जनताले आवेदन दिने पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। केयर रेटिङ्ग नेपाले… पुरा पढौ

उखुमा रेड रड रोगको समस्या, किसानलाई लाखाै नोक्सानी

कञ्चनपुर, २८ भदौ । बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेकोछ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए। “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको… पुरा पढौ

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्झौता

काठमाडौ, २८ भदौ । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट… पुरा पढौ

देशभर बदली : प्रदेश १, सुदुरपश्चिम र गण्डकीमा हल्का वर्षा

काठमाडौं, २८ भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएकाे छ।  देशभर सामान्य  बदली  रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। भदौ २८ गते (मंगलबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी… पुरा पढौ

‘कोशेलीमा मुस्ताङकाे स्याउ’ : बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा बढ्याे स्याउको माग

बागलुङ, २७ भदौ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा देखिन थालेको छ। चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् ! गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’ दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी… पुरा पढौ

‘नाडा इभि एक्स्पो’ असोज ६ देखि ९ गतेसम्म हुदैं , ४० हजारले अवलोकन गर्ने अपेक्षा

काठमाडाैं, २७ भदाै । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले यही असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलोपटक नाडा इभि एक्स्पो २०२२ गर्ने भएकाे छ । विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी रहने उक्त इभि एक्स्पोलाइ “सिएट" टायरले प्रायोजन गरेकाे छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्ने भएको छ । बर्तमान समयमा विद्युतिय… पुरा पढौ