मुख्य समाचार

पोखरा विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा ल्याउन सराेकारवालाकाे माग

पोखरा, २३ भदौ । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आवश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले माग गरेका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल सञ्चालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दबाबपछि विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुवात गराउनुपरेको स्मरण गराए । उनले नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै… पुरा पढौ

रोकिएन नेप्सेको ओरालोको यात्रा, कारोबारमा झिनो सुधार

काठमाडौं, २३ भदौ । लगातार नेप्सेमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातोको लागेको छ । उनीहरको सेयरमूल्य घटेको छ । ६ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा केही सुधार भएको छ । बुधबार ८२ करोडमा सिमित भएको कारोबार यसदिन अर्ब नाघेको छ । लगातारको नेप्सेको ओरोलाेको यात्राले लगानीकर्तामा भने… पुरा पढौ

हरेक थोपा पानी बिजुलीको युनिट हो: मन्त्री भुसाल

काठमाडौं, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छिन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रहसमेत गरिन् । जलस्रोत विकास संस्थाले जलविद्युतको विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री भुसालले भनिन्, 'पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन, पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ । यसमा कसैले पनि शङ्का नगरौँ… पुरा पढौ

पोखरा महानगरले आफ्नै भवनमा डोजर चलायो

पाेखरा, २३ भदौ । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेकाे दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज बिहान डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर… पुरा पढौ

तनहुँ हाइड्रो प्रसारण लाइनको ९४ मध्ये २५ टावर तयार

दमौली, २३ भदौ । जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार गरिएका हुन् । आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीका अनुसार हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको… पुरा पढौ

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, के हो रिपो ?

काठमाडौं, २३ भदाै । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएकाे छ । यसका लागि बैंकले आजै रिपोको बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार रिपो आज नै जारी हुनेछ । राष्ट्र बैंकले दुई हप्ता अर्थात १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका लागि रिपो जारी गर्न लागेको हो ।यो असोज ६ गते परिपक्क हुने भएकाे छ… पुरा पढौ

सिवाईसी र आँधिखोला लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाडौं, २३ भदाै । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले असोज ७ गते विशेष साधारण सभा बाेलाएका छन् । दुबै संस्थाले मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा बाेलाएका हुन्। सिवाईसी नेपालकाे साधारण सभा पाेखरा सभागृह चाेमा रहेकाे केन्द्रिय कार्यालयमा बाेलाईएकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले स्याङ्जा वालिङस्थित होटल गाँउवेशीको सभाहलमा बाेलाईएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाईएकाे हाे । साधारण सभामा मर्जर प्रयोजनका लागि तयार भएकाे सेयर स्वाप रेसियाेलाई पारित गरिनेछ… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्से परिसूचक १९४०.१९ विन्दुमा उक्लियाे

काठमाडौं, २३ भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ विन्दुमा बन्द भएको थियाे । तर आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक हेर्दा ८ कम्पनीकाे ४७ हजार १८५ रुपैयाँ बराबरको ८० कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटा कम्पनीकाे सेयरमूल्य बढेको पाइएकाे छ । २… पुरा पढौ

दसैंका लागि असोज १ देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने

काठमाडाैं, २३ भदाै । सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष… पुरा पढौ

प्रदेश १, मधेश, बागमती र गण्डकीमा हल्का वर्षा

काठमाडाैं, २३ भदाै। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेकाेले हल्का वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। भदौ २३ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती… पुरा पढौ