काठमाडौं, २४ भदाै । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेकाे जनाएकाे छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ। भदौ २४ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा…
पुरा पढौ