मुख्य समाचार

पुँजीबजारले नयाँ स्टक एक्सचेञ्ज धान्ने अवस्था छैन: सांसदहरु

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा किसानले समयमा मल तथा बीउ पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानाकर्षण गराए। सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेकाे नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। नेपालको पुँजी बजारले नयाँ स्टक एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो । सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले… पुरा पढौ

राष्ट्र बैंकले फेरि किन्यो आफैंले जारी गरेको डेढ अर्बको ट्रेजरी बिल

काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आफैंले जारी गरेको डेढ अर्बभन्दा बढीको ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल आफैंले खरिद गरेको यो छैटौं पटक हो । राष्ट्र बैंकले लगभग ९ प्रतिशत ब्याजदर बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी बिल बिक्री गर्ने र त्योभन्दा बढी ब्याजदर प्रस्ताव गरेका बैंकहरुलाई बिक्री नगरी बरु आफैँले खरिद गरेको हो । सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको बैंकले उक्त परिमाणमध्ये ३६४… पुरा पढौ

औषधि सहजै उपलब्ध नहुँदा सिकलसेल एनिमियाका बिरामी मारमा

दाङ, २१ भदौ । राज्यले सहजरुपमा औषधी उपलब्ध गराउन नसक्दा सिकलसेल एनिमियाका बिरामीका पीडा झन् थपिएको छ । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय चौधरी विगत आठ–नौ वर्षदेखि सिकलसेल एनिमिया पीडित हुँदै आएका छन् । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ । 'एक त सिकलसेलको उपचार गर्दा लाखौँ खर्च गरेको पीडा छ', उनले भने, अर्कातर्फ सहजै औषधि पाइँदैन ।' सिकलसेल लागेको… पुरा पढौ

बागमती प्रदेशले असोजदेखि लाइसेन्समा ७० प्रतिशत अंक प्रणाली लागू गर्ने

काठमाडौ, २१ भदौ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्रको परीक्षामा ७० प्रतिशत अंक ल्याउँदा पास हुने व्यवस्था लागू गर्ने भएको छ । यो व्यवस्था सवारी चालक अनुमतिपत्र परीक्षा निर्देशिका, २०७७ बनेको झन्डै दुई वर्षपछि कार्यान्वयनमा आउने भएको हो । केही समयअघि सातै प्रदेशका यातायात मन्त्रीबीच ७० प्रतिशत अंक प्रणाली लागू गर्ने सहमति भएको थियो । सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले… पुरा पढौ

कुमारी बैंककाे ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं, २१ भदाै । कुमारी बैंकले निष्काशन गरेकाे ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ मा आवेदन दिने म्याद दिने म्याद थप गरिएकाे छ । बैंकले भदौ १७ गतेदेखि बिक्रीमा ल्याएकाे वार्षिक ११ प्रतिशत ब्याजदर रहेकाे साे ऋणपत्रमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप भएकाे हाे । यसकाे अविध १० वर्ष अवधिको रहेकाे छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाेमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका… पुरा पढौ

सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि सेयर निष्कासन गर्दै

काठमाडौं, २१ भदाै । सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने बताएकाे छ। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरिएकाे थियाे । प्रतिकित्ता रु १०० अंकित दरकाे कुल ११ लाख ५० हजार कित्ता सेयर जारी हुन लागेकाे हो। यसमा ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका रहेकाे छ। बाँकी रहेकाे १० लाख ५८… पुरा पढौ

यती एयरलाइन्सले थप्यो नयाँ विमान, दसैं अगाडि उडान गर्ने

काठमाडौं, २१ भदाै । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान साेमबार दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर, थाइल्याण्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका… पुरा पढौ

प्रभु क्यापिटलले यी पदहरूमा गर्याे कर्मचारी माग

काठमाडौं, २१ भदौ । प्रभु बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी प्रभु क्यापिटल लिमिटेडले इन्भेष्टमेन्ट म्यानेजर र इन्भेष्टमेन्ट एसाेसियट पदमा कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट म्यानेजरमा केही र इन्भेष्टमेन्ट एसाेसियट पदमा १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले भदौ २१ गते मंगलबारको कारोवार राष्ट्रिय दैनिकमा कर्मचारी मागको सुचना प्रकाशित गर्दै उक्त कर्मचारीहरुको लागि आवेदन माग गरेको हो । कम्पनीले रोजगार हुन चाहने इच्छुक ब्यक्तिलाई बायोडाटा सहित ७ दिनभित्र प्रभु क्यापिटलको मानव संसाधन विभागको… पुरा पढौ

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदानस्थल कायम

काठमाडाैं, २१ भदाै। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ ।… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, २१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ।  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। भदौ २१ गते (मंगलबार) दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र  बागमती… पुरा पढौ