मुख्य समाचार

नेपालद्वारा घरेलु टाेली केन्यालाई ६ विकेटले हराउँदै एकदिवसीय श्रृंखला क्लिन स्विप

काठमाडौं, २० भदौ । घरेलु टाेली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा आज साँझ सकिएकाे अन्तिम खेलमा नेपालले ६ विकेटले तेस्रो दिनकाे खेल जितेपछि श्रृंखला क्लिन स्विप गरेको हाे। केन्याले दिएकाे २५६ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा हाँसिल गरेको हाे । नेपालले ४७.१ ओभरकाे खेल खेल्दै गर्दा ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियाे । नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक हानेका थिए । पहिलो विकेट लिनका… पुरा पढौ

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं, २० भदाै । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।  यससम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। अब एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।  नेपालमा पछिल्लोपटक… पुरा पढौ

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं, २० भदौनेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकि छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गरिन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका थिए । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा… पुरा पढौ

नेप्सेमा ४.२९ अंकको गिरावट, १ अर्ब पुगेन काराेबार रकम

काठमाडौं, २० भदौ । आईतबार सकारात्मक लयमा गएको नेपाली सेयर बजारमा आज फेरि करेक्सन देखिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार रकम अर्बबाट तल करोडमा झरेको छ । अब त सकारात्मक बन्ला कि भनेर बसेका लगानीकर्ताहरुको मनोबल आजको गिरावटले फेरि घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेको छ । नेप्सेमा ०.२२ प्रतिशत गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा रहेको छ । आज कुल २२४ कम्पनीको सेयर कारोबार भएको… पुरा पढौ

बैंक तथा वित्त कम्पनीकाे मुद्दती निक्षेपमा रु २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २० भदाै । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब रुपैयाँ क वर्गका वाणिज्य बैंक, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख लगानी गर्नेछ । विकास बैंकहरुमा ३० करोड र वित्त कम्पनीका लागि १० करोडसहित जम्मा २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो। साे मुद्दती निक्षेपकाे अवधि २०७९ असोज २ गतेदेखि… पुरा पढौ

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

काठमाडौं, २० भदौ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरुपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गरेका हुन । सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको… पुरा पढौ

खप्तड लघुवित्तकाे सेयर बाँडफाँड सम्पन्न, नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर बाँडफाँड आज सम्पन्न भएको छ। १२ हजार ३४० जना लगानीकर्ताले जनही १० कित्ताका दरले सेयर पाउन सफल भएका छन् । सेयर बाँडफाँड बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यालयमा गरीएकाे हाे । लघुवित्तकाे भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे थियो । कुल सेयरबाट जारी पूँजीको ०.५ प्रतिशत २ हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि… पुरा पढौ

सेयर मार्केट्स एण्ड फाइनान्समा जागिर खुल्याे, कहिलेसम्म दिने दरखास्त ?

काठमाडौं, २० भदौ । समस्याग्रस्त अवस्थामा रहेकाे नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा दुई पदका लागि दरखास्त आव्हान गरिएको छ । काठमाडौं पुतलीसडकमा रहेको सेयर मार्केट्स एण्ड फाइनान्सकाे व्यवस्थापन तथा संचालनका लागि एकजना संयोजक र एकजना सदस्य माग गरिएको हो । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागकाे छनौट समितिको सचिवालय बालुवाटारले आज सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको हो । प्रकाशित सूचनाका अनुसार दुईजना व्यक्ति सम्मिलित ब्यवस्थापन समूह गठन गर्ने सिलसिलामा संयोजक र सदस्य गरी दुई पदका लागि दरखास्त… पुरा पढौ

श्रृजनशील लघुवित्तको आईपीओमा मागको ५३ गुणा बढी आवेदन

काठमाडौं, २० भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले खुलाएको आईपीओका लागि मागभन्दा ५३ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत भदौ १५ गते बुधबारदेखि जारी गरेको आईपीओको २ करोडभन्दा बढी कित्ताको लागि आवेदन परेको हो । उक्त आईपीओमा आवेदन दिने म्याद भदौ १९ गते आइतबारसम्म तोकिएकोमा सिडिएस एण्ड क्लियरिङ्गले आज बिहान १० बजेर ११ मिनेटमा अद्यावधिक गरेको तथ्याङ्क अनुसार १९ लाख ११ हजार २४१ आवेदकले २ अर्ब १० करोड २७ लाख ३ हजार बराबरको २ करोड १० लाख २७… पुरा पढौ

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मछुवारकाे मनग्ये आम्दानी

भजनी, २० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री… पुरा पढौ