मुख्य समाचार

ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गरिन्छ: श्रममन्त्री

काठमाडौं, १९ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउँदा ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गर्ने बताएका छन् । आज उक्त मन्त्रालयको कल सेन्टरमा प्राप्त श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले यस्तो बताएका हुन् । सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्टहरुले श्रमिकलाई ठगी गर्ने गरेकोले उनीहरुलाई खोजी खोजी कारबाही गरिने बताएका हुन् । कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने भन्दै ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए। ‘श्रमिकहरुबाट… पुरा पढौ

नेप्सेमा ६.६८ अंककाे वृद्धि, कारोबारमा रिडी हाइड्रोपावर अब्बल

काठमाडौं, १९ भदौ । लगातार ओरालाले लाग्दै आएको सेयर बजारमा आज भने सकारात्मक दृश्य देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा चढेको छ । नेप्सेमा ०.३४ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ विन्दुमा पुगेको छ । यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । २८ लाख ७६ हजार २८८ कित्ता सेयरको खरिद/बिक्रीबाट… पुरा पढौ

‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ को आवेदन म्याद भदौ २९ सम्म

काठमाडौं, १९ भदाै । हिमालयन बैंकले गत भदौ १५ गते जारी गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ का लागि आवेदन दिने म्याद भदौ २९ गतेसम्म थप गरेको छ । कम्पिनीले वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्कासन तथा बिक्रीमा ल्याएकाेमा आवेदन दिने अन्तिम म्याद तोकिकएको आज बिहान १० बजेर ९ मिनेट जाँदासम्म मागको ८.३५ प्रतिशत अर्थात् ८७ हजार ३५६ कित्ताका लागि मात्र आवेदन परेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ।… पुरा पढौ

भोजपुरको अकबरे खुर्सानी काठमाडौंमा, कृषकको आम्दानी बढ्दै

भोजपुर, १९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् । सडकको सहज पहुँच भएका स्थानका… पुरा पढौ

यस कारण घट्दैछ जुटखेतीमा किसानको आकर्षण

इटहरी, १९ भदौ । तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो… पुरा पढौ

पुनर्बीमा कम्पनीकाे सेयर आजदेखि दोस्रो बजारमा कारोबार

काठमाडौं, १९ भदाै। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य आईतबारबाट नेपाल स्टक एक्सचेन्जमा समायोजन भइ नयाँ मूल्य निर्धारण भएको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेकाे हाे। नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजनपछि कम्पनीको सेयरमूल्य ६६१ रुपैयाँ ९० पैसा भएको छ। समायोजित मूल्यका आधारमा आजै दोस्रो बजारमा सेयर कारोबार खुल्दैछ। कम्पनीकाे शुक्रबार प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साे सेयरमूल्यकाे आधारमा नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको… पुरा पढौ

श्रृजनशील लघुवित्तकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १९ भदाै । श्रृजनशील लघुवित्त वित्तीय संस्थाकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले भदौ १५ गतेदेखि भदौ १९ गते आजसम्म सर्वसाधारणको लागि करिब ४ अर्ब रुपैयाँ बराबरकाे सेयर निष्काशन गरेको थियाे । संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरेकाे हाे । साे सेयरबाट ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे… पुरा पढौ

व्यासमा फौजी किराले मकैबाली नष्ट, किसान चिन्तित

तनहुँ, १९ भदौ । व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् । करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए। “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने । राम्रो… पुरा पढौ

देशभर कागे अष्टमी मनाइँदै

काठमाडौं, १९ भदाै । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ । श्रावण शुक्ल पूर्णिमा… पुरा पढौ

एमाले उपमहासचिव गुरुङ लमजुङ प्रदेश (ख) बाट सिफारिस

लमजुङ, १८ भदौ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो । उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बनेका भएका गुरुङ प्रदेश सदस्यमा निर्वाचित थियो ।… पुरा पढौ