मुख्य समाचार

म्यारियटसँगको साझेदारी नेपालको आतिथ्यका लागि ऐतिहासिक ‘स्टेटमेन्ट’ : विनोद चौधरी

काठमाडौं, २५ जेठ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताएका हुन् । आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल सुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे ।… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २५ जेठ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ… पुरा पढौ

क्वेस्ट फर्मास्युटिकल्सको वित्तीय प्रदर्शन लोभलाग्दो: आम्दानी र रेटिङ दुवैमा बलियो पकड

काठमाडौं, २४ जेठ । नेपालको औषधि उत्पादन क्षेत्रमा स्थापित नाम क्वेस्ट फर्मास्युटिकल्सले आफ्नो २५ वर्ष लामो यात्रामा बलियो वित्तीय प्रगति हासिल गरेको छ। सन् २००१ देखि व्यावसायिक उत्पादन सुरु गरेको यस कम्पनीले सन् २०२५ मा करिब ३ अर्ब नजिकको आम्दानी गर्दै आफ्नो बजार हिस्सा सुरक्षित गरेको हो। आम्दानीको ग्राफ उकालो लाग्दै इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, क्वेस्ट फर्मास्युटिकल्सले सन् २०२५ मा २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यो सन् २०२४ को २ अर्ब ८५ करोड १०… पुरा पढौ

सेयर बजारमा कडाइ: २०८३ असारदेखि डिम्याट खातामा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

काठमाडौँ, २४ जेठ। नेपाली पुँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन सरकारले नयाँ कदम चालेको छ। अब नेपाली सेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न र पुराना खाताहरू अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गर्न सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई निर्देशन दिएको छ। मुख्य विशेषताहरू र समयसीमा सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा आउन… पुरा पढौ

देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौं, २४ जेठ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल देशभर कुल एक हजार चार्जिङ स्टेसन सञ्चालनमा… पुरा पढौ

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर (कैलाली), २४ जेठ। अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् र सबै प्रदेशसभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर–सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो । टीकापुरमा आयोजित दुईदिने सम्मेलनमा संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात् गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका कानुन र्र्निाण… पुरा पढौ

आज विश्व खाद्य सुरक्षा दिवस-दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौं, २४ जेठ। दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २४ जेठ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ… पुरा पढौ

हुम्लाको बौल्यानामा खानेपानी समस्या

अदानचुली (हुम्ला), २४ जेठ। ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।” उक्त विद्यालयमा… पुरा पढौ

बाढीले अवरुद्ध दिक्तेल-चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

खोटाङ, २४ जेठ। बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् । पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै… पुरा पढौ