काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला निकाय तथा सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम तयार गरिने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। बैंकका अनुसार मौद्रिक नीति थप प्रभावकारी, समसामयिक र अर्थतन्त्रका आवश्यकता अनुरूप बनाउन विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझाव संकलन गर्न लागिएको हो। इच्छुक व्यक्ति, संघ–संस्था तथा अन्य…
पुरा पढौ