मुख्य समाचार

पोखरा युनाइटेड एकेडेमीमा फेशन डिजाइनर र व्यूटीसियन पढाइ हुने

पोखरा, १५ साउन । नेपालमा नै पहिलोपटक पोखरामा फेसन डिजाइनर र व्यूटीसियन सम्बन्धि पढाइ हुने भएको छ । पोखरा युनाइटेड एकेडेमी र नेपाल सौन्दर्यकला व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा पोखरा–१२ भद्रकालीमार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा फेसन डिजाइनर र व्यूटीसियन विषयमा पढाइ सञ्चालन हुन लागेको हो । एकेडेमीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी आधुनिक समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै यसबर्षबाट पढाइ सुरु गर्न लागिएको एकेडेमीका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।… पुरा पढौ

सरकारी कर्मचारी र सार्वजनिक पदको व्यक्ति दलको सदस्य हुन सक्दैन : आयोग

काठमाडाैं, १५ साउन । निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट गरेको हो… पुरा पढौ

साउन १५ मा दूधको माग उच्च, ५० लाख लिटर खपत

काठमाडाैं, १५ साउन । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भयाे। उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए।… पुरा पढौ

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

काठमाडौं,१५ साउन । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाडांैको जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसंग भेटवार्त गरेका हुन । मिश्रसंगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितिबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरे । श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको… पुरा पढौ

घोराही सिमेन्टद्वारा प्रिमियम आईपीओ निष्कासन अनुमति माग

काठमाडौं, १५ साउन। घोराही सिमेन्ट उद्योगले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ। कम्पनीले गत साउन ९ गते प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमतिका लागि बोर्डमा आवेदन दिएको बुझिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्ने कम्पनीको योजना छ । उक्त परिमाणमध्ये ३ लाख ९७ हजार १९० कित्ता उद्योग प्रभावित स्थानीयको लागि र ७५ लाख… पुरा पढौ

शर्मालाई पुनः अर्थमन्त्रीमा ल्याउने दिनमै सेयर बजारमा उछाल, ४ अर्ब ६० करोड बढीको कारोबार

काठमाडौं, १५ साउन । अर्थमन्त्री पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई पुनः पदबहाली गर्ने कुरा बाहिर आएकै दिन सेयर बजारमा पुनः उछाल आएको छ । नेप्सेले अर्धशतक पार गरेको छ । अर्थमन्त्रालयमा सरोकार नराख्ने मानिसलाई प्रवेश गराएको आरोप लागेपछि नैतिक रुपमा पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि शर्मालाई अर्थमन्त्रीमा पुन: सपथ ग्रहण गराउने कुरा बाहिरीएकै दिन आज सेयर बजारमा उछाल आएको हो । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा एउटा उपसमूहबाहेक सबैमा हरियो भएका… पुरा पढौ

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज हुन्छ-मन्त्री भुसाल

काठमाठाैं, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आज आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवर्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गरिन्। उनले हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक… पुरा पढौ

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला

काठमाडौं, १५ साउन । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात् जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको २ करोड ७८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज आइतबारबाट बिक्री खुला भएको छ। कम्पनीले गोप्य शिलबन्दीमार्फत् ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि २०७९ गत असार ५ देखि असार १९ सम्म समय तोकेकोमा उक्त अवधिमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बाँडफाँट हुन सकेको थियो। कम्पनीले बाँकी रहेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता सेयरका लागि बोलपत्रमार्फत् आजबाट… पुरा पढौ

एनसीसी बैंकको २६ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १५ साउन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापकतर्फको २६ लाख ३१ हजार १३६ कित्ता सेयरको बिक्री खुलाएको छ । सिलबन्दी बोलकबोलमार्फत बिक्री हुने उक्त परिमाणको सेयरका लागि इच्छुक संस्था वा व्यक्तिले भाग लिन सक्ने बैंकले जनाएको छ। यसबाहेक हाल रहेका संस्थापक सेयरधनीले पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।  बैंकका अनुसार प्रति सेयर न्यूनतम मूल्य १३१ रुपैयाँ तोकेकोले यसभन्दा कम मूल्यमा आवेदन दिन पाइने छैन भने १ हजार कित्ताभन्दा कम सेयरका लागि बोलकबोल पेस गर्न पनि… पुरा पढौ

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुँदै

काठमाडौं, १५ साउन । बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको संलग्नता रहेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेपछि उनको अर्थमन्त्रीमा पुनर्बहाली हुने भएको हो । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि असार २२ गते शर्माल् तत्कालीन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त बजेट निर्माणका… पुरा पढौ