मुख्य समाचार

आइएमई लाइफ इन्स्योरेन्सले कति दिँदैछ २०७६/७७ का लागि बोनस?

काठमाडौं, १६ साउन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिहजार २० देखि ७० रुपैयाँसम्म  बोनस पाउने भएका छन् । कम्पनीले हालै आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि २०७७ असारसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा नयाँ बोनस दर कायम गरेको हो । कम्पनीले जारी गरेको नयाँ बोनस दरअनुसार सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि तथा १० देखि वर्षका लागि ३० रुपैयाँ तोकेको छ। यस्तै १५ देखि १९ वर्षका… पुरा पढौ

सयपत्री हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

काठमाडौं, १६ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले गत शुक्रबारबाट जारी गरेको आईपीओमा हालसम्म १ करोड २१ लाख ५१ हजार ३४० कित्ताका लागि १ अर्ब २१ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ हाउसका अनुसार आज बिहान १० बजेसम्म उक्त परिमाणका सेयरका लागि १० लाख ६१ हजार ५९५ ‌ओटा आवेदन परेका छन्। यो आँकडा मागभन्दा १८.१२ प्रतिशतले बढी हो । कम्पनीले गत साउन १३ गते कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेकोमा… पुरा पढौ

नेशनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर बिक्रीमा,यस्ताे छ आवेदन प्रकिया

काठमाडौं, १६ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ। संस्थाले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला गरेको हो। नेशनल माइक्रोफाइनान्सका अनुसार प्रतिकित्ता न्यूनतम ७५० रुपैयाँ तोकिएको संस्थापक सेयरका लागि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यसका लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडबाट बोलपत्र आवेदन प्राप्त गर्न सकिने र एउटा व्यक्ति वा कम्पनीले सेयर खरिदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिन पाइनेछ । इच्छुक खरिदकर्ताले न्यूनतम १००… पुरा पढौ

२५० माथि नेटवर्थ भएको धौलागिरी लघुवित्तको सार्वजनिक शेयर निष्कासन साउन २४ देखि

काठमाडौं,१६ साउन । बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक शेयर साउन २४ गते देखि निश्कासन हुने भएको छ । वित्तीय संस्थाको शेयर निष्कासन कार्यका लागि बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपौँया… पुरा पढौ

शर्माकाे पुनःनियुक्तिपछि सल्टिए त मुद्दाहरू ?

काठमाडाैं,१६ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले साताैं पटक गरेको मन्त्रीपरिषद् बिस्तारको क्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएर आएका छन् । तर उनीसंग जोडिएको विवाद, गभर्नरसंगको चीसोपन र स्वयं सत्ता पक्षिय नेता र कार्यकर्ताले उठाईरहेको एम अधिकारीको विषय ठोकुवासाथ स्पष्ट रूपमा निराकरण भएका छैनन् । एक अर्काकाे रिस, मनमुटाव र द्वन्दकाे कारण यी विषय नसल्टिए आगामी संघ र प्रदेशको चुनावकाे गतिलाे मसला र एकापसमा प्रत्युत्पादक बन्न सक्छन् र फाइदा अर्काे पक्षले उठाउन सक्छ । छानबिनका लागि… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै

काठमाडौं, १६ साउन । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सिमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो । गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो। पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७… पुरा पढौ

सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने, यस्ताे छ स्वाप रेसियाे 

काठमाडाैं, १६ साउन । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ। दुई बैंकका मर्जर कमिटिकाे बैठक बसेर मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्नेगरी सहमझदारी गरेका छन् । दुबै बैक गाभिएपछि प्रभु बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सिइओ बन्ने भएका छन् । सेन्चुरी बैकका मनोज न्यौपाने डेपुटी सीईओ बन्नेछन् । बैंक संचालक समितिमा ४ जना प्रभु र ३ जना सेञ्चुरी बैंकबाट रहने छन्। सेन्चुरी गाभिएपछि पनि बैंकको नाम प्रभु… पुरा पढौ

पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर, १६ साउन । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। यस वरपर गए रातिदेखि लगातार पानी परिरहेको छ । पुरा पढौ

प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्विनीमा वर्षा, सतर्कता अपनाउन अनुराेध

काठमाडाैं, १६ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका  केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको बताएकाे छ । श्रावण १५ गते (आइतबार) राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  देशको धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।… पुरा पढौ

पोखरा युनाइटेड एकेडेमीमा फेशन डिजाइनर र व्यूटीसियन पढाइ हुने

पोखरा, १५ साउन । नेपालमा नै पहिलोपटक पोखरामा फेसन डिजाइनर र व्यूटीसियन सम्बन्धि पढाइ हुने भएको छ । पोखरा युनाइटेड एकेडेमी र नेपाल सौन्दर्यकला व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा पोखरा–१२ भद्रकालीमार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा फेसन डिजाइनर र व्यूटीसियन विषयमा पढाइ सञ्चालन हुन लागेको हो । एकेडेमीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी आधुनिक समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै यसबर्षबाट पढाइ सुरु गर्न लागिएको एकेडेमीका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।… पुरा पढौ