मुख्य समाचार

राजविराज भन्सारबाट रु चार करोड बढी राजस्व सङ्कलन, लक्ष्यभन्दा ३९ प्रतिशत कम

सप्तरी, ७ साउन । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८÷०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा… पुरा पढौ

देशभर सामान्य बदली, मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, ७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position)  स्थान भन्दा केही तल अवस्थित रहेको जनाएकाे छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। साउन ७ गते (शनिबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का… पुरा पढौ

बैंकरहरुको नजरमा मौद्रिक नीति: के भन्छन् सरोकारवालाहरु?

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गरेका छन्। उक्त मौद्रिक नीतिमाथि व्यवसायीलगायत सरोकारवालाहरूले फरक फरक प्रतिक्रिया दिएका छन् । अर्थतन्त्र धान्ने निजी क्षेत्रका व्यवसायी विषम परिस्थिति भए पनि मौद्रिक नीति आएकामा खुशी हुन परेको महसुस गर्दैछन् भने बैंकरहरुले भने राष्ट्र बैंकले आउँदो निर्वाचनलाई मध्यनजर गर्दै मौद्रिक नीति जारी गरिएको टिप्पणी गरेका छन् । कसिलो नीति ल्याउने संकेत गर्दै आएको केन्द्रीय बैंकले बैंकिङ क्षेत्रमा तरलता अभाव, डलर सञ्चितिमा चाप… पुरा पढौ

आर्थिक वृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा 

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भइरहेको र विदेशी मुद्रा सञ्चितिमा कमी भइरहेको छ । शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बिचमा आएको मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै, उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक वृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा राखेको छ । मौद्रिक नीतिको सारांश १.    निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण ।२.  ७ महिनासम्मको… पुरा पढौ

४/१२ काे नीतिमा संशाेधन-१२ कायमै, बैंकदर बढाएर ८.५ प्रतिशत पुर्याइयाे(पूर्णपाठ)

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । लगानीकर्ताहरुले लामाे समयसम्म असन्तुष्टि जनाइरहेकाे विषय सेयर धिताे कर्जामा आधा संवाेधन गरिएकाे छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्यापमा संशोधन गरेको छ । यस अनुसार सेयर धितो कर्जामा जम्मा १२ करोड मात्र लिन सकिने भएकाे छ। यसअघिकाे एउटा बैंकबाट ४ करोड मात्र लिने व्यवस्थालाइ खारेज गरिएकाे छ  । लगानीकर्ताले भने ४/१२ काे क्यापलाइ नै खारेजिकाे माग गर्दै… पुरा पढौ

अब विदेशी कार्डबाट नेपाली बैंकको कार्डमा सोझै रेमिटेन्स पठाउन सकिने

काठमाडौं, ६ साउन । अबदेखि अन्तर्राष्ट्रिय डिजिटल कार्डबाट नेपाली बैंकले जारी गरेका कार्डहरुमा सोझै रेमिटेन्स रकम पठाउन सकिने भएको छ। आज चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो गरेका हुन्। 'बैंकिङ्ग भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल घोषणा कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा (कार्ड टू कार्ड) विप्रेषण प्राप्त गर्नसक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ', मौद्रिक नीतिको विदेशी विनिमय व्यवस्थापन अन्तर्गत… पुरा पढौ

अबदेखि लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

काठमाडौं,६ साउन । अबदेखि लघुवित्तहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्। आज जारी गरिएको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा बजेट वक्तव्यमा उल्ल्ख भए बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणाअनुरुप दुर्गम तथा पिछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने उल्लेख गरिएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो प्रावधान गरिएको प्रस्ट पारेका हुन्। 'लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिएको… पुरा पढौ

बढाइयो एसएलआरको सीमा, कति पुग्यो?

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० आज जारी मौद्रिक नीतिमार्फत वैधानिक तरलता अनुपात अर्थात् एसएलआरको सीमा बढाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै एसएलआरको सीमा बढाइएको बताएका हुन्। गभर्नर अधिकारीका अनुसार नयाँ व्यवस्था अनुरुप वाणिज्य बैंकले १२% तथा विकास बैंक र फाइनान्स कम्पनीले १०% एसएलआर कायम गर्नुपर्ने छ। हालसम्म वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १०%, विकास बैंकले ८% तथा वित्त कम्पनीहरुले ७ प्रतिशतसम्मको वैधानिक… पुरा पढौ

वित्तीय संस्थाले मर्जरसम्बन्धी छुट पाउन आगामी पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिएमा वा प्राप्तिमा गएमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा पाउन २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्नुपर्ने प्रावधान ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकबाट प्रदान गर्दै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्नका लागि २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने अन्यथा यो सुविधा नपाइने जानकारी दिएका… पुरा पढौ

सेयर धितोमार्फत् एकै वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिन सकिने

काठमाडौं, ६ साउन । सेयर धितो कर्जामा लगाइँदै आएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा केही संशोधन गरिएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा राखेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाइएको ४/१२ क्यापको प्रावधानको ४ करोडको सीमा हटाएको हो। चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् न्यूनतम ४ करोडको सीमा हटाइएको तर अधिकतम १२ करोडको सीमा भने जस्ताको तस्तै राखिएको छ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो प्रावधान… पुरा पढौ