मुख्य समाचार

प्रिमियम दर मनोमानी ढंगले नबढाउ-राष्ट्र बैंक

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर निर्धारण प्रक्रियाका सम्बन्धमा सर्वसाधारण र ऋणीहरूका लागि एक विशेष वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ । केन्द्रीय बैंकले ग्राहकहरूलाई सचेत रहन र सुरक्षित कारोबार गर्न आग्रह गर्दै वित्तीय साक्षरता सम्बन्धी जानकारी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर दुई प्रकारका हुन्छन्स्थि-र (Fixed) र परिवर्तनशील (Floating)। स्थिर र परिवर्तनशील ब्याजदरको नियम स्थिर ब्याजदर: तोकिएको निश्चित अवधिसम्म यो ब्याजदर… पुरा पढौ

सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं, १२ जेठ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) को मिति परिवर्तन गरेको छ। यसअघि जेठ १४ गतेदेखि बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले नेपाल सरकारले उक्त दिन बकर ईदको सार्वजनिक बिदा दिएका कारण मिति सारेको हो। अब कम्पनीको आईपीओ जेठ १८ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुनेछ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न… पुरा पढौ

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १२ जेठ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) को लाभांश सुरक्षित गर्ने आज (जेठ १२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आगामी साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलिदेखि बुकक्लोज गर्न लागेकाले लाभांश हात पार्न आजै सेयर सुरक्षित गर्नुपर्ने भएको हो। कम्पनीको निर्णयअनुसार जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुकक्लोज रहनेछ। यसको अर्थ, आज (जेठ १२ गते) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको आगामी साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश… पुरा पढौ

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

नेपालगन्ज, १२ जेठ। सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताउनुभयो । “भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्”, उहाँले भन्नुभयो । अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो । करिब ३० वर्ष पुरानो सल्लाको रुखबाट त्यस्तो आँख्ला निस्कने गरेको र… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १२ जेठ. नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, १२ जेठ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,… पुरा पढौ

यी हुन् बैंकर्स संघले बजेटका लागि दिएका १३ बुँदे सुझाव

काठमाडौं, ११ जेठ । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई एक दर्जनभन्दा बढी महत्वपूर्ण सुझावहरू बुझाएकाे छ । संघले बैंकिङ क्षेत्रमा विद्यमान करका दरहरू घटाउन र वित्तीय नीतिमा व्यापक सुधार गर्न माग गरेको छ। अर्थ मन्त्रालयमा बुझाएको सुझाव पत्रमा बैंकिङ क्षेत्रको विकास, सर्वसाधारणलाई बैंकिङ प्रणालीमा आकर्षण र व्यावसायिक वातावरण सहज बनाउने विषयलाई जोड दिएको छ। संघले बुझाएका मुख्य सुझावहरू : करका दरहरूमा कटौती र सीमा परिमार्जन संस्थागत आयकरमा समानता: बैंक तथा वित्तीय संस्थाहरूले तिर्दै आएको… पुरा पढौ

सेयर बजारमा उत्साह: नेप्से २७ अंकले बढ्दा कारोबार रकम ६ अर्ब नजिक

काठमाडौं, ११ जेठ। साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा हरियाली छाएको छ। अघिल्लो हप्ताको अन्तिम कारोबार दिन गत शुक्रबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८५ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले सकारात्मक रहे। कारोबार रकम झण्डै ६ अर्ब परिसूचकसँगै यस दिन… पुरा पढौ

निर्जीवन बीमा बजारको लोभलाग्दो प्रगति: वैशाखसम्म ४१ अर्ब ३९ करोड संकलन

काठमाडौं, ११ जेछ । नेपालको निर्जीवन बिमा बजारले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा उत्साहजनक व्यापार गरेको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका १४ निर्जीवन बिमा र ४ लघु निर्जीवन बिमा कम्पनीहरूले यस अवधिमा कुल ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन्। प्राधिकरणका अनुसार वैशाख महिनामा मात्रै निर्जीवन बिमा कम्पनीहरूले ४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। समीक्षा अवधिमा कुल २८ लाख ३०… पुरा पढौ

स्वाभिमान लघुवित्तको लाभांश संशोधन, शेयरधनीको हात खाली

काठमाडौं, ११ जेठ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनी घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गर्दै यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। लघुवित्तको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्तावलाई परिमार्जन गरी आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि बोनस वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुका लागि ९.५ प्रतिशत बोनस शेयर र ०.५०… पुरा पढौ