मुख्य समाचार

जनताका अधिकार बिरूद्धकाे बाटोमा लाग्यौं भने जनताले नयाँ ढंगले विद्रोह गर्न सक्छन् : सभामुख अधिकारी

काठमाडौं, २९ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मंगलबार “मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजनामा सरोकारवालाहरुको भूमिका” विषयक एकदिने प्रदेशस्तरीय छलफल पोखरामा सम्पन्न गरेको छ । कार्यक्रम मानव अधिकारमैत्री शासकीय वातावरण सिर्जना गर्नका लागि आयोजना गरिएको हो । इन्सेक केन्द्रीय कार्यालय निर्देशक श्रीराम बजगाईले छलफलका सवालहरु राख्दै भने, राष्ट्रिय तथा अन्तराष्ट्रिय दायित्व कार्यान्वयनका लागि राज्यको जवाफदेहिता अभिवृद्धि गर्ने, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका वर्ग, समुदायको संरक्षण् र सशक्तिकरणका लागि योजना परिचालनमा प्राथमिकता अभिबृद्धि गर्न बहस पैरवी गर्नु रहेको… पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन्।… पुरा पढौ

३४.७८ अंकले घट्यो नेप्से, साढे १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, २९ चैत । साताको सेयर बजारको कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । होटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम भने सुधार भएको देखिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५२ अंकले घटेर ४४९.३६ विन्दुमा रहेको छ । कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ८३ हजार २४ कित्ता… पुरा पढौ

तथ्यहरु भन्छन्–मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौं, २९ चैत । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ । अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन नै गरेर सरकारमाथि औँला ठड्याए। यसबीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भए । अघिल्लो सरकारले शैक्षिक योग्यतासम्बन्धी विवादका बीचमा लगानी बोर्डका प्रमुख कार्यकारी रहेकै अवस्थामा… पुरा पढौ

गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्दै एनआरएनए, नेपालमा डलर पठाउन आग्रह गर्ने

काठमाडाैं, २९ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिएका छन । बैठकले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र… पुरा पढौ

प्राकृतिक उपचारको आकर्षण बन्दै म्याग्दीकाे तातोपानी कुण्ड

गलेश्वर,२९ चैत : पदयात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुुण्डहरुलाई व्यवस्थित बनाउन थालिएको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि… पुरा पढौ

उपकार लघुवित्तको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड

काठमाडौं, २९ चैत । उपकार लघुवित्तको आईपीओमा मागभन्दा अधिक संख्यामा आवेदन परेको छ । मंगलबार बिहानसम्मको अवस्थालाई हेर्ने हो भने संस्थाको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड भएको छ । लघुवित्तले चैतको २५ देखि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । रुपैया १०० मूल्य अंकित दरमा २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कान गरिएको थियो । कुल सेयरमध्ये ३ हजार २८१ कित्ता ससेयर कर्मचारीको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका… पुरा पढौ

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको बिदाइ

काठमाडौं, २९ चैत । सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गरे। सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती सरिता कँडेल खनाललाई सो सङ्घकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गरिन । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम… पुरा पढौ

बलेफी हाइड्रोपावरको सेयर बाँडफाँड आज

काठमाडौं, २९ चैत । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको सेयरको बाँडफाँड मंगलबार आज बिहान ९ बजेदेखि हुँदैछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजेदेखि नक्शालस्थित कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो । सेयर बाँडफाँडको तयारीको काम शुक्रबार सकेर कम्पनीले आज सेयर बाँढफाँड गर्न लागेको हो । बलेफीको सेयरमा २२ लाख ६९ हजार ४१६ जनाको आवेदन परेको सिडिएस एण्ड क्लीयरिङले जनाएको छ । सो आवेदनबाट २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको… पुरा पढौ

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइदै

सिन्धुपाल्चोक, २९ चैत । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएकाे । मेलम्ची खानेपानी विकास समितिले खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको हाे। समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए। केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए। खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी… पुरा पढौ