मुख्य समाचार

पहाडी भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडाैं, २९ चैत । हाल नेपालमा पश्चिमी वायुको र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रहि बाँकी भागमा आँशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राती : देशका पहाडी भू-भागहरूमा… पुरा पढौ

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

बनेपा, २९ चैत । काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा साेमबारदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएर राख्ने चलन रहेको जात्राका आर्थिक… पुरा पढौ

निर्यात गर्छौं प्रोत्साहन गरौं,राजश्व बुझाउँछौं अपमान नगरौं : अध्यक्ष गोल्छा

काठमाडौं, २८ चैत । हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजश्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ यो मर्मस्पर्शी भनाइ हो, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष शेखर गोल्छाको । प्रसङ्ग थियो आज आयोजित महासङ्घको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रम । कोरोनाका कारण सङ्कटमा परेको अर्थतन्त्र क्रमशः लयमा फर्किन लागेको छ । सरकारले… पुरा पढौ

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, २८ चैत । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० संस्थाबाट ६०० सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहेको आयोजक स्वाबलम्वन विकास केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले सम्मेलनमा ७७ जिल्लामा लघुवित्त सेवा प्रदान गरिरहेका ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाको सहभागिता रहेको बताए। उनका अनुसार लघुवित्त वित्तीय संस्थाको मात्र ४३० अर्ब रुपौयँभन्दा बढी कर्जा लगानीमा भएको र जसमध्ये ३७१ अर्ब रुपैयाँ खुद्रा र ६९… पुरा पढौ

कारोबार भएकाे पहिलो दिन सेयर बजार राताम्मै, नेपाल लाईफले गर्यो साढे १६ करोडको कारोबार

काठमाडौं, २८ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन तर यो साताको लागि कारोबार भएको पहिलो दिन सोमबार नेप्सेमा अत्याधिक गिरावट भएको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेकाे थियाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि सेयर बजारमा छिट्टै सुधार हुने एकथरीको अपेक्षा गरिएको भएपनि त्यो आकांक्षा भने आजको ओरालो लागेको दृश्यले मेटाईदिएको छ । यतिबेला अधिकारीको बर्हिगमनको चर्चा ठीक र बेठीकमा बाँडिएर हुने गरेको छ । एकथरिले उनी गएपछि बजारमा सुधार आउँछ भन्ने… पुरा पढौ

जाग्दै पर्यटन : एकैदिन नेपाल आए २ वर्ष यताकै बढी पर्यटक

काठमाडाैं,२८ चैत । कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्ला दिनहरूमा नेपाल भित्रने बाह्य पर्यटकहरूको संख्यामा उत्साहजनक वृद्धि हुन थालेसँगै यो क्षेत्र चलायमान बन्‍न थालेको हो । अध्यागमन विभागका अनुसार गत शनिवार मात्रै नेपालमा २ वर्ष यताकै सर्वाधिक बढी विदेशी नागरिक नेपाल आएका छन् ।शनिबारमात्र विभिन्न मुलुकहरूबाट २ हजार ५ सय ९३ विदेशी नागरिक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि पर्यटन क्षेत्र चलायमान भइरहेको प्रमाणको रुपमा यसलाई सरोकारवालाहरूले देखाएका छन‍्। विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले २०१९… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २८ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली बजारमा सुनको भाउ घटेकाे छ । सुनमा रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर तोलाको रुपैयाँ १ लाख १०० निर्धारण भएको जनाएको छ । यसअघि आईतबार छापावाला सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँ कायम भएकाे थियो । तेजाबी सुन तोलाको ९९ हजार ६०० रुपैयाँ तोकिएको छ… पुरा पढौ

राष्ट्र बैंकले आज १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं, २८ चैत । राष्ट्र बैंकले आज सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्न लागेको छ । राष्ट्र बैंकले मंगलबार जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको लागि बोलकबोल आज गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो बिल २०७९ साल असार २८ मा परिपक्व हुने भएको छ । यस्तै १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँको बिल… पुरा पढौ

पश्चिमी वायुको सामान्य प्रभाव, क्षणिक वर्षाको सम्भावना

काठमाडाैं, २८, चैत । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक बदली  रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चैत्र २8 गते  दिउँसो : प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ। राती : प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकि भेगको मौसम सामान्यतया… पुरा पढौ

बैङ्कर्स संघले गर्याे अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडाैं, २८ चैत । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट,… पुरा पढौ