मुख्य समाचार

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

राष्ट्रसंघ जेनेभा, ८ चैत । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो ।  यूक्रेनमा छिमेकी ठूलो… पुरा पढौ

६ करोड ४५ लाखको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

लेखनाथ, ७ चैत्र । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले व्यापारिक मेलाले क्रेता र विक्रेताका विच बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा… पुरा पढौ

११ खर्ब पुग्यो वैदेशिक व्यापार घाटा, भटमासको तेल ४१ अर्बको निर्यात

काठमाडौं, ७ चैत । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको पहिलो ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार चालू आवमा ४२.१३ प्रतिशतले बढेको हो । वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो ८ महिनाको तुलनामा चालू आवमा ३४.५० प्रतिशतले बढेर… पुरा पढौ

सरकारद्वारा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना बारे पाेखरामा छलफल

काठमाडौं, ७ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले सोमबार पोखरामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०७७/७८–२०८१/८२ का बारेमा सरोकारवालाहरुबीच छलफल सम्पन्न गरेको छ । मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावलोकन (तेश्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना २०७८/८२ तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी पाँचौं आवधिक प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा… पुरा पढौ

५ अर्ब घट्यो वाणिज्य बैंकहरूको निक्षेप, कर्जा प्रवाह कति ?

काठमाडौं, ७ चैत । ४ दिनमै वाणिज्य बैंकहरूको ५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार गएको फागुन ३० गतेदेखि चैत ४ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ५ अर्बभन्दा बढी रूपैयाँले घटेको हो । बैंकहरूले चैत्र महिनामा ब्याज नबढाउने निर्णय गरेपछि निक्षेप पनि घटेको हो । फागुनको ब्याजदर नै चैत्र महिनामा लागू हुने गरी यथावत राखेपछि निक्षेप संकलन घटेको बैंकर्स संघले जनाएको छ । संघका अनुसार फागुन मसान्तसम्ममा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत्र… पुरा पढौ

बढे मुस्ताङमा पर्यटक, सुस्ताएको पर्यटनले गति लिदैं

म्याग्दी, ७ चैत । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए। “सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उनले… पुरा पढौ

महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवार बन्नै गाह्रो, खर्चको सीमा कति ?

काठमाडौं, ७ चैत । निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ,… पुरा पढौ

आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री शर्मा

रूकुम, ७ चैत । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । सोमबार बिहान रूकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रूकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरू गरेको जानकारी दिए । ‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडी बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात… पुरा पढौ

कर्णालीमा प्रदेश प्रमुख परियारद्वारा ५ विधेयक प्रमाणीकरण

सुर्खेत, ७ चैत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ५ विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन् । त्यससँगै ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका… पुरा पढौ

जाजरकोट-जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट, ७ चैत । जाजरकोट-जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत् सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सीडीई शुभराज न्यौपानेले जानकारी दिए । बहुवर्षे ठेक्कामार्फत् जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई पत्र पठाएको छ… पुरा पढौ