मुख्य समाचार

स्थानीय तहका उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्योट हुनुपर्ने : आयोग

काठमाडौं, ३ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फर्छ्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फर्छ्योट भएको हुनुपर्ने बताए। “आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फछ्र्योट भएको हुनुपर्छ”, उनले भने, “असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरुजु छ… पुरा पढौ

प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

गलकोट, ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए । कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको बताए । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार… पुरा पढौ

विश्व सम्पदा स्थल : कंक्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

काठमाडौं, ३ चैत । सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कंक्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत केही सम्पदा स्थलमा कंक्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरित संरचना बनाउँदा पटक–पटक पत्राचार गर्ने गरेको छ । यसै साता काठमाडौं महानगरपालिकाले यस्ता सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको नौतले दरबारअघि… पुरा पढौ

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दै

न्यूयोर्क ३ चैत । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । "बेलायत र [अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिका] ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,” संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ। बेलारुसमा भइरहेको… पुरा पढौ

धमाधम उडान विस्तार गर्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स

काठमाडौं, ३ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । बैंङ्लोरमा… पुरा पढौ

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई उद्योग संगठनको ४ सुझाव

काठमाडौं, ३ चैत । विश्व बजारको परिवर्तित अवस्थाले वैदेशिक कच्चापदार्थमा निर्भर स्वदेशी उत्पादनमूलक उद्योगले सामना गर्नुपरिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी तरलता प्रवाहको व्यवस्थापन तथा ब्याजदर नियन्त्रणका लागि जिल्ला उद्योग संगठनले नेपाल राष्ट्र बैंकलाई केही सुझाव दिएको छ । सुझावमा विद्यमान समयमा उत्पादनलाई निरन्तरता दिँदै बजारमा वस्तु आपूर्ति गर्दै आएका उद्योग व्यवसायले भोगिरहेको वित्तीय अभावलाई मध्यनजर गरी त्यस्ता उद्योग निरन्तर र दीर्घकालीन सञ्चालनका लागि तत्काल ५०० करोड पुनर्वितको व्यवस्था गर्नुपर्ने र कर्जा तथा निक्षेपको अनुपात कायम राख्नुपर्ने प्रावधान अविलम्ब… पुरा पढौ

रसुवागढी नाकाबाट आयात वृद्वि, दैनिक १४ कन्टेनर आउँदै

मकवानपुर, ३ चैत । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो । दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला… पुरा पढौ

भरतपुरका सहकारीलाई १७ लाखको सामग्री

चितवन, ३ चैत । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी संघ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेकी हुन् । महानगरभित्रका ७ सहकारीलाई महानगरबाट अनुदानस्वरुप १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई ५/५ लाख बराबरका तोरी मिल प्रदान गरिएको छ । त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको… पुरा पढौ

अभाव टार्न बोरिङको पानी

काठमाडौं, ३ चैत । हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका ३ वटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन । गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ ।… पुरा पढौ

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !

काठमाडौं, ३ चैत । रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोनको लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्‍यो । जेलेन्स्कीले आइतबारलाई ‘कालो दिन’ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए । यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए… पुरा पढौ