मुख्य समाचार

राष्ट्र बैंकले गर्‍यो १४ वाणिज्य बैंकलाई कारबाही

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । नियम उलंघन गरेको भन्दै विभिन्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने बैंकहरुमा नबिल बैंक, एनएमबी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंक रहेका छन् । राष्ट्र बैंकले प्रभु बैंकलाई अनिवार्य नगद मौज्जात तथा बैधानिक तरलता अनुपात कायम नगरेका कारण… पुरा पढौ

कहिले चढ्न पाइन्छ धरहरा ?

काठमाडौं, २ चैत । १ वर्षअघि अर्थात् गत वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार हतारमा धरहराको उद्घाटन गरे । उद्घाटनमा ‘धरहरा चढ्दा आइफेल टावर चढेको महसुस भएको’ भाषणसमेत ठोके । उनको भाषणमा ६ महिनाभित्रै धरहरा सर्वसाधारणका लागि खुला गरिने थियो । ओलीको भाषण प्रत्यक्ष वा टीभीको पर्दामा सुनेका जनताले भने अहिलेसम्म धरहरा चढ्न पाएका छैनन् । निर्माण कम्पनीका अनुसार भने निर्माण सम्पन्न हुन अझै १ वर्ष लाग्ने देखिन्छ । ४२ रोपनीमा फैलिएको धरहरा निर्माण कार्यको भौतिक संरचनामा… पुरा पढौ

बुधबार १९ अंकले घट्यो नेप्से, इमर्जिङ नेपालको कारोबार सर्किटको लेभलमा

काठमाडौं । साताको चौथो कारोबार १९ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९.७२ अंकले घट्दा २ हजार ६३१.२५ अंकमा झरेको छ । नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ५.२० अंकले घटेर ४९७.३९ अंकमा झरेको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै धनात्मक दिशामा देखिएका छन् भने बाँकी सबैको सेयर ओरालो लागेको छ । आज २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर… पुरा पढौ

जोगबनी-कटहरी रेलमार्ग बिस्तारको काम सुस्त

विराटनगर, २ चैत । मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । यसको प्रमुख कारण हो, उद्योग व्यवसायका लागि आवश्यक पूर्वाधारको निर्माण हुन नसक्नु । औद्योगिक पूर्वाधार विस्तार नहुँदा सुनसरी-मोरङ औद्योगिक करिडोरमा नयाँ लगानी थपिन सकेको छैन । करिडोरलाई लक्षित गरेर निर्माण सुरु गरिएका पूर्वाधार विस्तारका योजना लामो समयदेखि अलमल छ । यसले औद्योगिक विकासको गतिलाई सुस्त बनाइरहेको छ । औद्योगिक विकासका… पुरा पढौ

अन्नपूर्ण केबलकारको सूर्यदर्शन सेवाले सराङकोट पुग्नेको संख्यामा ५० प्रतिशतले बृद्धि

काठमाडौं, २ चैत । पाेखराकाे लेकसाइड नजिक सेदीबगरदेखि सराङकोटसम्म स‌न्चालनमा रहेकाे अन्नपूर्ण केबलकारले मंगलबारबाट सूर्यदर्शन सेवा संचालन गरेपछि केबलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । यसअघिका दिनहरुमाभन्दा मंगलबार सराङकोट पुग्नेहरुको संख्या ५० प्रतिशतले बढेकाे कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए । पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइज़) सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको पौडेलले बताए । पोखराबाट सनराइज़ हेर्न सडकमार्ग हुंँदै सराडंकोट पुग्न समय र… पुरा पढौ

भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएई सहमत

काठमाडौं, २ चैत । संयुक्त अरब इमिरेट्स(युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच… पुरा पढौ

अस्वस्थ खानपानले हृदयाघात !

काठमाडौं, २ चैत । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । १० वर्षको तथ्यांक हेर्ने हो भने हृदयाघात हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको सहिद गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् । केन्द्रमा… पुरा पढौ

चैत १९ गतेदेखि एकीकृत कारोबार गर्दै सूर्योदय वोमी लघुवित्त, मर्जरपछि लघुवित्तको चुक्ता पुँजी कति ?

काठमाडौं, २ चैत । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चैत १९ गतेबाट हुने भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । गत पुस २९ गते बिहीबार वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने-गाभिने प्रयोजनको लागि अन्तिम सम्झौता भएको थियो । पुस १६ गते सम्पन्न वोमी लघुवित्तको १०औं वार्षिक साधारण सभा र सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारण सभाले गाभ्ने तथा मर्ज गर्ने प्रस्ताव पारित गरेको थियो ।… पुरा पढौ

अमेरिकी डलरको मूल्य १२२ रुपैयाँ पुग्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, २ चैत । बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर कायम गरेको छ । नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२.२८ रुपैयाँ र बिक्रीदर १२२.८८ रुपैयाँ कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युनियनको एकको खरिददर १३४.५० रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम गरिएको छ भने युके पाउण्ड स्टलिङको १५९.४० रुपैयाँ र बिक्रीदर १६०.१९ रुपैयाँ कायम गरिएको छ । आज क्यानडियन डलर एकको खरिददर ९५.०६ रुपैयाँ र बिक्रीदर ९५.५२ रुपैयाँ कायम गरिएको छ भने… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ४ लाख ४१ हजारको कारोबार

काठमाडौं, २ चैत । साताको चौथो कारोबारको प्रि-ओपन सेसनमा सेयर कारोबार मापक नेप्से सूचक झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से सूचक सो सेसनमा २.६० अंकले बढेर २ हजार ६५३ अंकमा प्रवेश गरेको हो । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर ५०२.६९ अंकमा प्रवेश गरेको हो । यस सेसनमा १३ कम्पनीको कारोबार भएको छ । जसमा २१ कारोबारमा ८४० कित्ता सेयर ४ लाख ४१ हजार ७३० रुपैयाँमा किनबेच भएको नेप्सेले… पुरा पढौ