मुख्य समाचार

नारायणगढ बुटवल सडक विस्तारको कामले अझै गति लिएन

नवलपुर, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए। ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु… पुरा पढौ

कसले कसलाई ठग्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ-आयुक्त चन्द

खोटाङ, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आयोगमा सीमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अवस्थामा सञ्चारकर्मीले प्रवाह गरेको समाचारले भ्रष्टाचारसम्बन्धी घटना अनुसन्धान गर्नमा आयोगलाई ठूलो मद्दत पुगेको स्मरण गरे । आयोगले खोटाङको दिक्तेलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रियामा आयुक्त चन्दले भ्रष्टाचारले समाज आक्रान्त बन्दै गएको जानकारी दिए। “पत्रपत्रिकामा आएका समाचारको माध्यमबाट हामीले ठूला–ठूला अनुसन्धानहरू अगाडि बढाएका छौँ”, उनले भने, “हाम्रो आँखा… पुरा पढौ

पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, ३० फागुन । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। फागुन ३० गते    दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती : देशभर मौसम सामान्यतया सफा रहने छ। चैत्र १ गते  दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। राती : देशका पहाडी… पुरा पढौ

समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी : अध्यक्ष ओली

काठमाडौं, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको अन्तरक्रियामा उनले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस… पुरा पढौ

लेखनाथ महोत्सवमा २ करोडको कारोबार, ७० हजारले गरे अवलोकन, १ हजार केजी माछा बिक्री

पाेखरा, २९ फागुन । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा आइतबारसम्म २ करोड रुपैयाको कारोबार भएको छ । महोत्सवको चौथोदिनसम्म आइपुग्दा ७० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा आउने दर्शकहरु विभिन्न स्टलमा राखिएका सामाग्रीहरु खरिद गर्न झुम्मिने गरेका छन् । खानाका विभिन्न परिकारका लागि रेष्टुरेण्ट र बालबालिकाको मनोरञ्जनका सामाग्रीहरुमा समेत दर्शकहरुको चाप देखिने गरेको छ । महोत्सवमा स्थानीय उत्पादन तर्फ दैनिक दुई सय केजी माछा विक्री भएको कृषी उपसमितिका संयोजक दयाराम… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभामा कम्पनी अध्यक्षले कोभिड–१९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बिमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरुले गर्दा जीवन बिमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बिमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बिमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा… पुरा पढौ

मादी गाउँपालिकाले मनायाे स्थापना दिवस, प्रमुख प्रशासकीय अधिकृत सापकोटा सहित बिभिन्न ब्यक्ति सम्मानित

कास्की, २९ फागुन । कास्की जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताका साथ गाउँपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा कला, संस्कृति, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका… पुरा पढौ

२१४ अर्ब नाघ्यो सहुलियतपूर्ण कर्जा, पुनर्कर्जामा १५३ अर्ब लगानी

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जामा १ खर्ब ५३ अर्बभन्दा बढी लगानी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा चालू आर्थिक वर्षको माघ मसान्तमा पुनर्कर्जामा लगानी १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो भने सहुलियतपूर्ण कर्जा १ लाख ४२ हजार ३४४ ऋणीलाई २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार २६९ ऋणीलाई… पुरा पढौ

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने ३ करोड अनुदान पाउने

काठमाडौं, २९ फागुन । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । उक्त अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षक तय गरी मूल्यांकन गरिएको छ ।… पुरा पढौ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन राखिएको हो : अर्थमन्त्री शर्मा

काठमाडौं, २९ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार बिहान भन्सार विभाग त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको… पुरा पढौ