मुख्य समाचार

वैदेशिक व्यापार : निर्यातमा ८८.३ प्रतिशतले वृद्धि

काठमाडौं, २७ फागुन । नेपालको वैदेशिक व्यापारमा गतको वर्षको तुलनामा निर्यातमा निकै सुधार भएको छ । चालू आर्थिक वर्ष ०७८/७९ को ७ महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको वस्तु निर्यात भएको हाे । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ७ महिनाको तथ्यांकअनुसार गत आवको सोही अवधीमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३ प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ… पुरा पढौ

प्रचण्ड र नेपालबारे ओलीको टिप्पणी : कताका जंगेहरू कताका बंगे भए

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालबारे टिप्पणी गर्दै बुद्धि विग्रेर दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’ उनले आफ्नै सरकार ढालेर अर्को सरकारबाट आशा गरेको संकेत गरे । उनले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ सर्वोच्च… पुरा पढौ

माघसम्म २ खर्ब ४७ अर्ब रुपैयाँ पुग्यो शोधनान्तर घाटा

काठमाडौं, २७ फागुन । देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । आयात बढेको तथा सो अनुसार रेमिट्यान्स नबढेका कारण शोधनान्तर घाटा बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ७ महिनाको तथ्यांकअनुसार चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा छ । पुस मसान्तसम्म यस्तो घाटा २ खर्ब ४३ अर्ब रुपैयाँ घाटामा थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा थियो । अमेरिकी… पुरा पढौ

फेरि बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं, २७ फागुन । ब्रोइलर कुखुरा उत्पादकहरुले १ सातामै २ पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मूल्य शुक्रबारदेखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । सोमबार २८० बाट २९० रुपैयाँ पुगेको कुखुराको मासुको मूल्य शुक्रबार ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको हो । बजारमा कुखुरा अभाव भएपछि… पुरा पढौ

हेटौँडा जोड्ने सडकलाई ५० करोड छुट्याउने बागमती प्रदेशको निर्णय

हेटौँडा, २७ फागुन । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र २ अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट… पुरा पढौ

ड्रागनखेतीमा पूर्वमन्त्री विष्टको दिनचर्या !

काठमाडौं, २७ फागुन । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउने मध्येका एक हुन् उनी । अहिले उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । २ चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन् । विष्ट… पुरा पढौ

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं, २७ फागुन । लगातार उकालो लागेपछि झर्न थालेको सुनको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा बुधबार २५ सयले बढेर प्रतितोला १ लाख साढे ५ हजारमा कारोबार भएको सुनको मूल्य बिहीबार भने ३५ सय रुपैयाँ घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा ३५ सयले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौं, २७ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अपि पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले १० बराबर ३.९३ अनुपातमा हकप्रद निष्काशन गर्न बिहीबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पुरा पढौ

राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई अहिले बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । “निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी… पुरा पढौ

डुम्रे-बे‌सीसहर सडकखण्ड पुनः अवरुद्ध, प्रहरीद्वारा किटानी जाहेरी लिन अस्वीकार

दमौली, २७ फागुन । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् । कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो । पीडितपरिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम… पुरा पढौ