मुख्य समाचार

पुँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै बिनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समिक्षामार्फत् ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशतभन्दा बढी खर्च नहुने देखियो । जबकी बजेटको मध्यावधि समिक्षाले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो,’… पुरा पढौ

प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशनकाे तयारी पूरा, एमाले अध्यक्ष ओलीले भाेली उद्घाटन गर्ने

काठमाडाै‌, २६ फागुन । प्रेस चौतारी नेपालको फागुन २७ र २८ गते पाेखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताएका छन । महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले बताएका छन् ।’प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ’ उनले भने। नयाँ नेतृत्व चयन… पुरा पढौ

प्रि-ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

काठमाडौं, २६ फागुन । साताको अन्तिम कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३०.३६ अंक घटेर २ हजार ५१४.५८ बिन्दुमा बन्द भएको नेप्से आज प्रि सेसनमा २.५५ अंक घटेर २ हजार ५१२.०४ बिन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ । बिहीबार प्रि-ओपन सेसनमा ५ स्टकको १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १… पुरा पढौ

संखुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ५ जना घाइते

खाँदबारी, २६ फागुन । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी-६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकबारे विवरण संकलन भइरहेको प्रहरीले… पुरा पढौ

बलेफी हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले माघ २७ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर बिक्रीमा ल्याएको थियो । प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरका १८ लाख २७ हजा। ९७० कित्ता सेयर निष्काशन गरिएको थियो । सो सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्रका जनताको लागि रहेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३, ४ का स्थानियको लागि १० लाख ९६… पुरा पढौ

१७ औं लेखनाथ महोत्सव आजदेखि सुरु हुँदै, रु १० करोडको कारोबार हुने अपेक्षा

पाेखरा २६ फागुन । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ आजदेखि सुरु हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । महोत्सव लेखनाथको संस्कृती, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका गरी तीन सय स्टल राखिएको छ । प्रदर्शनी एवं विक्रीका लागि स्टलमा व्यवसायीहरुले सामान राख्ने काम सकिएको बताउँदै अध्यक्ष आत्रेयले महोत्सवको उद्घाटनको… पुरा पढौ

म्याग्दे गाउँपालिकाद्वारा स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम वितरण

दमौली, २६ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले… पुरा पढौ

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक, २६ फागुन । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको… पुरा पढौ

पितृसत्तात्मक सोंचलाई घरैबाट अन्त्य गरौं–उपसभामुख शर्मा

पोखरा, २६ फागुन । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पितृसत्तात्मक सोंचलाई अन्त्य गर्न त्यसको अभियान घरभित्रबाटै सुरु गर्नुपर्ने बताएकी छन् । १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोपिला नेपाल, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल कास्कीको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय कास्कीको समन्वयमा बुधबार पोखरामा भएको नेतृत्व तहमा महिला सहभागिताको सुनिश्चिता बिषयक अन्तरक्रियामा बोल्दै उपसभामुख शर्माले सो कुरा बताएकी हुन् । उनले आगामी स्थानीय तह निर्वाचनमा हरेक राजनीतिक दलहरुले महिला… पुरा पढौ

एफसीएएनमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा ५ जना आकांक्षी

काठमाडौं, २५ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ (एफसीएएन) को अध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् ।नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारीमा छन् । महासंघका अनुसार अहिलेसम्म प्यानल भने कसैले पनि बनाएका छैनन् । शुक्रबार काठमाडौंमा सुरु हुने २३औं साधारणसभा तथा १२औं अधिवेशनमा महासंघका ७ वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्… पुरा पढौ