मुख्य समाचार

मोरिससका लागि नेपाली राजदूत हनुमानजी पशुपतिनाथको दर्शन गर्दै

काठमाडौं, १७ फागुन । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहेका छन् । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि नेपाल आएको हो । टोलीले आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्दै । भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ । टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको थियाे । सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिए। काउन्सिलका… पुरा पढौ

दरबन्दी अनुसार चिकित्सक नभएपछि सल्यान अस्पतालबाट फर्काइए बिरामी

सल्यान, १७ फागुन । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामीकाे उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ । जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो । उपचार नहुने भएपछि बिरामी अस्पतालबाटै फर्कन बाध्य भएका छन् । प्रसूति हुने समयभन्दा एक हप्ता ढिलो भएपछि बागचौर नगरपालिका–१२ का सुशीलाकुमारी वलीलाई अस्पतालले… पुरा पढौ

धितोपत्र बजारमा सहभागिता बढ्दै, हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

काठमाडौं, १७ फागुन । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ । विवरणानुसार… पुरा पढौ

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं, १७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । परम् ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका… पुरा पढौ

भक्तपुरमा फेरि बर्डफ्लू भेटियो, दाना, सुली र अण्डा नष्ट गरिने

भादगाउँ, २८ फागुन । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन । उक्त फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पुष्टि भएपछि जिल्ला… पुरा पढौ

एमसीए नेपालका कार्यकारी निर्देशक भन्छन्-एमसीसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ

काठमाडौं, १६ फागुन । राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निकर्षमा पुर्‍याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) अनुदान सहयोग प्राप्त गर्नेछ । उक्त अनुदानबाट ४०० किलोभोल्ट क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन… पुरा पढौ

महाशिवरात्रिका लागि पशुपति क्षेत्र झिलिमिली

काठमाडाैं, १६ फागुन । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि… पुरा पढौ

रोकिएन सेयर बजारको ओरालो लागेको यात्रा, कारोबारमा अपि पावर अब्बल

काठमाडौं, १६ फागुन । सर्वाधिक चर्चामा रहेको एमसिसि पास भएको भोलिपल्ट आज त्यसको विरोधमा विभिन्न दलहरुले संयुक्त रुपमा आयोजना गरेको नेपाल बन्दको दिन सेयर बजार सकारात्मक हुन सकेन । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजार राताम्मै भएको छ । कारोबार रकममा पनि कमि आएको छ । धेरैले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) संसदबाट पारित भएपछि त्यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आकलन गरिएको भएपनि लगानीकर्तामा सो अनुसारको मनस्थिति देखिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ४३.१० अंकले गिरावट… पुरा पढौ

एमओयु भएसँगै वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना निर्माणको ढोका खुल्याे

कर्णाली, १६ फागुन । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा रु ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा सङ्घीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश सरकारका निमित्त सचिव गोपाल शर्मा र वीरेन्द्रनगर नगरपालिकाका… पुरा पढौ

रु १ करोड ६५ लाखको लागतमा बनेपा पाकुटोलमा शान्तिपार्क बन्दै

बनेपा, १६ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ पाकुटोलमा शान्ति पार्क निर्माण हुने भएको छ । व्यस्त सहरको नजिकै जंबग छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने अपेक्षा गरिएको छ । सङ्घीय सरकार र बनेपा नगरपालिकाको गरी कूल रु एक करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको सो पार्कको पूर्वमन्त्री गोकुल बाँस्कोटाले शिलान्यास गरे। शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको उनले बताए। “विकास भनेको बाटो, खोनपानी,… पुरा पढौ