मुख्य समाचार

नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र होः जोशी

मार्तडी, १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन् । गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए। उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम… पुरा पढौ

रुस-युक्रेन द्वन्द्वले प्रभावित २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं, १६ फागुन । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२, १२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको… पुरा पढौ

मनाङमा हिउँ हटाएर सडक सञ्चालन

मनाङ, १६ फागुन । भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ । भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएको छ । गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो । हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ… पुरा पढौ

सोमबार रु १६०० ले बढ्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएको छ । यसदिन छपावाला सुन तोलामा रुपैयाँ १६०० ले बढेको छ । चाँदीमा रुपैयाँ ४५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रूपैयाँ १६०० ले बढेर ताेलाकाे ९८ हजार २०० रूपैयाँमा काराेबार भइरहेकाे छ । आईतबार छापावाला सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन यसदिन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने म्याद फागुन २३ गतेसम्म थप

काठमाडौं, १६ फागुन । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेबाट बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । म्याद थप भएपछि स्थानिय लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन सक्नेछन् । प्रतिसेयर १०० रुपैयाँ मूल्य दरको ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिएको हो । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २, ३, लिखु गाउँपालिकाको वडा नं ९, रामेछाप लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानियको लागि… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण र जेठ २ देखि व्यावसायिक उडान हुने

भैरहवा, १६ फागुन । भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएपछि अब वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान र जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने भएकाे छ । यान्त्रिक परीक्षण उडानसँगै सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो । यो उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुन्छ… पुरा पढौ

दृष्टिविहीन अमिटद्वारा पुनः सगरमाथा आरोहणको तयारी

बलेवा, १६ फागुन । बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगरमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका हुन । बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिए। जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रहसमेत गरे। “अघिल्लो पटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन… पुरा पढौ

प्रदेश १ र गण्डकीको पहाडी भागमा हल्का वर्षाको सम्भावना 

काठमाडाैं, १६ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। फागुन १६ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। फागुन १७ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया… पुरा पढौ

व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन

काठमाडौं, १५ फागुन । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको हो । अर्थमन्त्री शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ । नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य… पुरा पढौ

एमसीसी व्याख्यात्मक घोषणामाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं, १५ फागुन । सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । प्रस्तावमा ‘कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ’ भनिएको छ । पुरा पढौ