मुख्य समाचार

नेपाल ल्याइयो अमेरिकी साँढे !

काठमाडौं, १५ फागुन । व्यावसायिक गाइपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपन्छी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । ४/५ दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव… पुरा पढौ

मन्त्रिपरिषद्‍द्वारा एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित

काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद्‍ बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषद्को बैठक सकिएको छ । व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् । यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठक संघीय संसद भवनभित्रै ६ मिनेट बसेको थियो । पुरा पढौ

सत्तापक्ष र प्रतिपक्षी मिलेर एमसीसी अनुमोदन गरौं : डा. भट्टराई

काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताएका छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उनको धारणा थियो । नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले अनुदान सम्झौताबारे कसैले पनि आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताए । उनले २०६६ सालदेखि पछाडिका सबै प्रधानमन्त्रीले एमसीसी सम्झौताको दायित्व लिनुपर्ने बताए । ‘म प्रधानमन्त्री भएका बेला नेपालका… पुरा पढौ

३ बैंकको ६ करोड ३३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १५ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख ३३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९ कित्ता, सिद्धार्थ बैंकको १४‍.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६ कित्ता र प्राइम कमर्सियल बैंकको… पुरा पढौ

यस्ता छन् एमसीसी पारित गर्न तयार पारिएका ११ बुँदे व्याख्यात्मक टिप्पणी

काठमाडौं, १५ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सत्ता गठबन्धनले ११ बुँदे व्याख्यात्मक घोषणासहित सहमति जुटाएका छन् । एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लचिलो बनाउन सरकारले व्याख्यात्मक घोषणा गरेपछि २ दलले पनि सहमति जनाएका हुन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको प्रस्तावमा शीर्ष नेताहरु पनि सहमत भएपछि आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको सहमति जुटेको हो । यस्तो छ व्याख्यात्मक घोषणा १. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको… पुरा पढौ

एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन पूर्वप्रधानमन्त्री खनालको माग

काठमाडौं, १५ फागुन । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीबारे भएका १२/१३ वटा सम्झौता संसदमा उपलब्ध गराउन माग गरेका हुन् । ‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो,' उनले भने, 'म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक… पुरा पढौ

आइतबार २६५३ अंकमा झर्‍यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं, १५ फागुन । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । सेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २ हजार ६५३.७० बिन्दुमा झरेको हो । आज २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० करोड ६५ लाख ९१० रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । आज नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावरसहितका जलविद्युत् कम्पनीहरूका लगानीकर्ताले २.७० प्रतिशतभन्दा बढीले कमाएका छन् । बजार घटेका कारण हिमालयन जनरल… पुरा पढौ

एमसीसी सम्झौता जबरजस्ती अनुमोदन गराउन खोज्नु देशप्रतिको गद्दारी हो : भीम रावल

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा‍. भीम रावलले एमसीसी सम्झौता जबरजस्ती अनुमोदन गराउन खोज्नु देशप्रतिको गद्दारी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत् नेपाललाई अमेरिकी छातामुनि राख्न खोज्दा पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले देशप्रति गद्दारी गरेको बताएका हुन् । उनले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन… पुरा पढौ

संसदमा एमसीसी सम्झौतामाथि छलफलको प्रस्ताव पेस

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीकै बीच बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् । पुरा पढौ

जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

मनाङ, १५ फागुन । गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।… पुरा पढौ