मुख्य समाचार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै

काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुँदैछ । हिजाे साँझ बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा निष्कर्ष ननिस्किएपिछ आज पुनः भेटवार्ता हुँन लागेकाे हाे । उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल टुंगिएकाे छैन । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उनले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्यो भनेका छन्, त्यो वातावरण भयो भने… पुरा पढौ

एमाले देश र जनताको हितबिपरित जाँदैन, एमसीसी राष्ट्रको पक्षमा भए मात्रै समर्थन गरिनेछ – अध्यक्ष ओली

पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले देश र जनताको हितमा काम गर्ने बाहेक अरु केहि पनि नसाेचेकाे बताएका छन् । शुक्रबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) देशको पक्षमा भए मात्र एमालले समर्थन गर्ने अध्यक्ष ओलीले बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण देशमा संकट आएको आरोप समेत लगाए । पुतली र मान्छेको कथा सुनाउँदै अध्यक्ष… पुरा पढौ

आर्थिक अनुशासन राज्यको मेरुदण्ड हाे-अर्थमन्त्री बराल

पोखरा, १३ फागुन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जिवनले आर्थिक अनुशासन नै राज्यको मेरुदण्ड भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरु विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख अतिथि बरालले आर्थिक र वित्तिय अनुशासन राज्यको प्राणसंग जोडिएकाले त्यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । उनले संस्थाहरु व्यक्तिगत भन्दा पनि नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकार संस्थाप्रति सदैव सकारात्मक रहेको बताए । राज्यका हरेक प्रणालीलाई अर्थले नै सक्षम… पुरा पढौ

सरकारले खोप किन्न विश्व बैंकसँग गर्याे २ अर्ब १४ करोडकाे सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडाैं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकसँग रु दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे। उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ । “कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य जारी राखेको छ”, हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले भने। उनले नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको सुरुवाती साथै… पुरा पढौ

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेटको आकार बढाउन मन्त्री देवेन्द्र पौडेलकाे आग्रह

काठमाडौं, १३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रका लागि आवश्यक बजेट नभएको भन्दै शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे । मन्त्री पौडेलले विद्यालय… पुरा पढौ

गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्याउन माओवादी तयार

काठमाडौं, १३ फागुन । नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको… पुरा पढौ

सिमेन्ट उद्योगका कारण चेपाङ परिवार विस्थापित : आयोग

बागमती, १३ फागुन । मकवानपुरको हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् । उक्त उद्योगले वडा नं ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको बताइएको छ । चुनढुङ्गा उत्खननका क्रममा स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुन परेपछि चेपाङहरुहरुले तत्काल पुनर्वासको माग गरेका छन् । साठी घरपरिवारले तत्काल पुनर्वासको व्यवस्था, जबर्जस्ती घरबास उठाउन बन्द गर्न र उचित मुआब्जाको… पुरा पढौ

घट्यो छापावाल सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १३ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको स्थिर रहेको छ । छापावाला सुनमा ताेलामा रुपैयाँ १००० ले घटेकाे छ भने चाँदी स्थिर रहि बिहिबारकै भाउमा खरिदबिक्री भई रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ १००० घटेर तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ तोलाको ९९ हजार कायम भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार… पुरा पढौ

परासी-नारायणचोक सडक निर्माणमा ढिलासुस्ती, धुलो खाल्डाखुल्डीले सर्वसाधारण आजित

परासी, १३ फागुन । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारण आजित बनेका छन् । सडक निर्माणमा निर्माण कम्पनीको चरम लापरवाही देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय बताउछन्। जनगुनासो धेरै आएपछि स्थलगत अनुगमनमा पुगेका प्रमुख रायले भने, “सडकमा गरिएको कालोपत्रको विषयमा धेरै गुनासो… पुरा पढौ

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘सद्भावना दूत’ नियुक्त

काठमाडाैं, १३ फागुन । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बनेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ । मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहणयात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिए। उनले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना… पुरा पढौ