मुख्य समाचार

संसद्को आजको बैठकमा एमसिसीमाथि छलफल हुने, अर्थमन्त्री शर्माले प्रस्ताव पेश गर्ने

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ । प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो । बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।… पुरा पढौ

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच आज पुनः एमसिसीबारे छलफल हुँदै

काठमाडाैं, १३ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले बताए। बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको… पुरा पढौ

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन जारि

काठमाडाैं, १३ माघ । बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा हिजाेदेखि सुरू राष्ट्रिय सम्मेलन जारि छ । काठमाडौँमा जारी दुई दिने सम्मेलनमा विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा छलफल भइरहेको विपद्को क्षेत्रमा काम गर्दै आइरहेको संस्था डिपीनेट नेपालका अध्यक्ष डा राजु थापाले जानकारी दिए। सम्मेलनमा सरोकारवाला निकायबीच भइरहेका कामकारबाही र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा समेत अनुभव आदान–प्रदान भइरहेको छ… पुरा पढौ

मेघ गर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, १३ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी,  बागमती  र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले जनाएकाे छ।   फागुन १३ गते (शुक्रबार) दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का… पुरा पढौ

एमालेको अडान कायमै, कारबाही गरिएका १४ सांसद पदमुक्त हुनुपर्ने

काठमाडाैं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए। जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राखेको उनले बताए। एमालेले… पुरा पढौ

नेत्र ज्योति संघले आँखा अस्पताललाई दियाे रु एक करोड मूल्यका विभिन्न उपकरण

कर्णाली, १३ फागुन । नेपाल नेत्र ज्योति सङ्घले नेपाल रेडक्रस सोसाइटी, सुर्खेत सामुदायिक आँखा अस्पताललाई करिब रु एक करोड मूल्यका विभिन्न उपकरणहरू प्रदान गरेको छ । सङ्घले अस्पतालको सेवा विस्तारका लागि सिबिएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा आँखा उपचारसम्बन्धी उपकरणहरू प्रदान गरेको हो । अस्पताल व्यवस्थापनका अनुसार नेत्र ज्योति सङ्घले प्याकेमेट्री, ए–स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्यूनदृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर उपकरण हस्तान्तरण गर्नुका साथै अस्पताल परिसरमा बाल खेलमैदान, अपाङ्गतामैत्री संरचना निर्माण गरेको हो… पुरा पढौ

नेपाल-भारत नवौं ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

काठमाडौं, १२ फागुन । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा ३/३ सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ । सोही कम्पनीले पहिलो चरणमा एउटा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्नेछ । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा संयुक्तरूपमा जलविद्युत्… पुरा पढौ

मतदाताको स्वास्थ्यलाई ध्यान दिई मतदानको व्यवस्था मिलाइने

काठमाडौं, १२ फागुन । निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको स्वास्थ्यलाई ध्यान दिँदै उपयुक्त व्यवस्था गरिने तयारी भइरहेको बताए । मतदानस्थलमा भीडभाड कम गर्ने, मतदाताबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र मतदानस्थलमा प्रवेश गर्नेको ज्वरो नाप्नेलगायत व्यवस्था गर्ने तयारी गरिएको उनले जानकारी दिए । आयोगमा आसन्न स्थानीय तह निर्वाचनका लागि १९ दल दर्ता… पुरा पढौ

एमसीसीमा सहमति जुटाउन दलबीच तीव्र परामर्श

काठमाडौं, १२ फागुन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन दलहरुबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ । संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसीसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन सरकारका तर्फबाट पहल भए पनि सत्ता साझेदार दलहरूमा नै सहमति जुट्न नसक्दा निष्कर्षमा पुग्न सकेको छैन । एमसीसी सम्झौताबारे सैद्धान्तिक (सामान्य) छलफलको कार्यसूचीसहित आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था… पुरा पढौ

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं, १२ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो । क्यापिटलका अनुसार ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता सेयर मात्रै योग्य थियो । आइपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट १० कित्ताका दरले… पुरा पढौ