मुख्य समाचार

यस्ता छन प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगका २१ बुँदे प्रस्ताव [पूर्णपाठ]

काठमाडौं, १ फागुन । सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणालाई २१ कारणहरु उल्लेख गर्दै महाभियोग प्रस्ताव दर्ता गराएका छन् । आइतबार संसद् सचिवालयमा उनीहरूले महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाअभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताए । महाभियोग दर्तासँगै राणा कार्य सम्पादनबाट वञ्चित कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संघीय संसद्… पुरा पढौ

आजदेखि जयनगर–कुर्था रेल सेवा शुरू

धनुषा, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनले भने,… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ साँझ ५ बजे बाँडफाँट हुने

काठमाडौं, १ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज साँझ ५ बजे बाँडफाँट हुने भएको छ । लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएपछि आज आइतबार ५ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ बाँडफाँड आज बालुवाटार काठमाडौंमा गरिने कम्पनीले जनाएको छ । प्रभु क्यापिटलले ५ दिनमै आइपीओ बाँडफाँड गरेर छिटो सेवा दिने जनाएको छ । प्रभुले मंगलबारसम्म कलेक्सन भएको आइपीओको शुक्रबार प्रि(अलोर्टमेन्ट गरेर आइतबार बाँडफाँट गर्न लागेको हो ।… पुरा पढौ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । २१ वटा बुँदामा… पुरा पढौ

नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले बढ्यो, कुल आय कति ?

काठमाडौं, १ फागुन । नेपाल टेलिकमको ३ अर्ब ८९ करोडभन्दा बढी रुपैयाँले बढेको छ । टेलिकमको चालू आवको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवमा १८.४९ अंकले नाफा बढेको हो । गत वर्ष ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको टेलिकमको चालू आवमा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ ९१८.४९ प्रतिशत०ले वृद्धि भएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले टुजी तथा थ्रीजी सेवाको पहुँच… पुरा पढौ

प्रि-ओपन सेसनमा १७ अंक घट्यो नेप्से, १ करोड ४५ लाखको कारोबार

काठमाडौं, १ फागुन । साताको पहिलो कारोबारको प्रि ओपन सेसनमा सेयर बजार दोहोरो अंकले घटेको छ । सो सेसनमा सेयर कारोबार मापन नेप्से परिसूचक १७.६८ अंकले घट्दा २ हजार ७८३.८८ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि-ओपन सेसनमा ७० कम्पनीको २० हजार ८१३ कित्ता सेयर १ करोड ४५ लाख ५९ हजार ५४६ रुपैयाँमा किनबेच भएको छ । पुरा पढौ

झापामा १५ पालिकाकाे ६ हजार हेक्टर जमिनमा तोरीखेती बिस्तार

झापा, १ फागुन । तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् । हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका… पुरा पढौ

इमर्जिङ नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ फागुन । इमर्जिङ नेपालको आईपीओमा आवेदन पेश गर्नका लागि आज फागुन १ गते आईतबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गते सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । सत्ताइस हजार ७८० कित्ता सेयर सामुहिक लगानी कोषका लागि रहेको छ । अन्य बाँकी रहेको ५ लाख १६ हजार ७०८… पुरा पढौ

प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनीको पहाडी भागमा बदली

काठमाडाैं, १ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालेले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान  फागुन ०१ गते  दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। फागुन ०२ गते   दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश… पुरा पढौ

मकै रोप्ने समयमा रासायनिक मलको अभाव नहुने

काभ्रेपलाञ्चोक, १ फागुन । बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरे। “यसअघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने… पुरा पढौ