मुख्य समाचार

निर्वाचनका लागि ४० अर्बकाे माग, स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री शर्माकाे प्रतिबद्दता

काठमाडौं, २७ माघ । चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको व्यवस्था भए पनि ४० अर्ब रुपैयाँ बराबरको माग आएको छ । अर्थ मन्न्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् । निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनको भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा… पुरा पढौ

सल्लीबजार सल्यानमा खुल्याे सांग्रिलाकाे १०७ औं शाखा

काठमाडौं,२७ माघ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेकाे सांग्रिला डेभलपमेन्ट बैंकले सल्लीबजार, वनगाड कुपिण्डे नगरपालिका १ सल्यानमा नँया शाखा संचालनमा ल्याएको छ । बैंकले आज बिहीवारबाट सो शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले गरेका थिए । सल्लीबजार शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका… पुरा पढौ

विश्व बैंकले गर्याे मानव संसाधन विकासका लागि सार्वजनिक खर्चमा गर्नुपर्ने सुधारको पहिचान

काठमाडौं, २६ माघ । नेपालले मानव पुँजी विकासमा महत्वपूर्ण प्रगति गरेको भए पनि स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा अझै ठूला चुनौतीहरू बाँकी नै छन् । कोभिड १९ संकटले ती क्षेत्रको मानव पुँजी विकासका चुनौतीलाई थप जटिल बनाएको छ । संघीयतातर्फको नेपालको यात्राले बृहत्तर मानव पुँजी संचयलाई प्रवर्द्धन गर्न अवसर प्रदान गरेको भएता पनि यसका लागि उल्लेख्य लगानी आवश्यक पर्ने र खर्चमा थप प्रभावकारिता चाहिने आज भर्चुअल रुपमा विमोचन भएको विश्वबैंकको नयाँ प्रतिवेदन ‘नेपालमा मानव विकासका लागि संघीयता र सार्वजनिक… पुरा पढौ

साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौं, २७ माघ । साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । पछिल्लो साता लगातार ओरालो लागेको सेयर बजार बिहीबार पुनः ओरालो लागको हो । आज सेयर बजार मापक नेप्से सूचक ११.९६ अंकले घटेर २ हजार ८०१.५६ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ बिन्दुमा झरेको हो । आज कारोबार रकम फेरि घटेको छ । बिहीबार २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख… पुरा पढौ

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ६९ प्रतिशतले बढ्यो, चुक्ता पुँजी कति ?

काठमाडौं, २७ माघ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ६९.३५ प्रतिशले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा ६९.३५ प्रतिशत बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ थियो । विवरणअनुसार चालू आवको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन २१.५२ प्रतिशत बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको हो भने गत… पुरा पढौ

क्यासिनोको ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

काठमाडौं, २७ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । विसं २०६७ भदौ २० गते मिनी क्यासिनो… पुरा पढौ

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यति होटलको तारे वर्गीकरण खारेज, क्यासिनोको इजाजत पत्रसमेत रद्द

काठमाडौं, २७ माघ । ५ तारे होटलको इजाजत पाएको याक एण्ड यति होटलको इजाजत पत्र रद्द गरेपछि फेरि पर्यटनमन्त्री आले चर्चामा आएका छन् । पछिल्लो समय सरकारी सम्पत्तिको संरक्षण र राजस्व संकलनमा जुटेका मन्त्री आले सरकारलाई अटेर गर्ने कम्पनीलाई धमाधम कारबाही गर्न थालेका छन् । नारायणहिटी दरबारमा बतास समूहले बनाइरहेको रेष्टुरेन्ट भत्काउनेदेखि बतासले नै पशुपति धर्मशालामा होटल सञ्चालन गरेको सम्झौता रद्द गरेपछि पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । बुधबार फेरि राजधानीको मुटुमा रहेको याक एण्ड यति होटल लिमिटेडमा सञ्चालित… पुरा पढौ

हार्मोनिक कोडबाट आयात हुने वस्तुमा राष्ट्र बैंककाे कडाई

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयातमा कडाई गरेको छ । आयात प्रतिस्थापन गर्नको लागि राष्ट्र बैंकले कुल ४७ वटा होर्मोनिक कोडबाट आयात हुने वस्तुमा कडाई गरेको हो । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातमा कडाई गरेको हो ।विभागले ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत कडाइ गरेको जनाएको छ । राष्ट्र बैंकले परिपत्रमा एलसी खोल्दा… पुरा पढौ

वैशाख ९ गतेदेखि भौतिक उपस्थितिमै एसइई परीक्षा हुने, बोर्डले गर्याे तालिका सार्वजनिक

भक्तपुर, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको… पुरा पढौ

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन समय थपियाे

काठमाडौं, २७ माघ । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि आवेदन दिने समय थप गरिएको छ । बैंकको माघ ७ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरिएको थियो । बैंकले १ कित्ता बराबर नयाँ १.५ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर जारी गरेको थियो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले फागुन १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसअघि बैंकले हकप्रद सेयर निष्काशनका लागि पुस २६ मा बुक क्लोज गरेको थियो । पुस २५ गतेसम्म नेपाल… पुरा पढौ