मुख्य समाचार

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

काठमाडौं, ७ माघ । मुलुकको द्रुततर विकासका लागि अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका ६ महिनामा ७४ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता गरेको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ४७ अर्ब २० करोड रुपैयाँ ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एसियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता… पुरा पढौ

सिभिल बैंकको नाफा ५० करोड ४० लाख, ५७.०३ प्रतिशतले बढ्यो ब्याज आम्दानी

काठमाडौं, ७ माघ । सिभिल बैंक लिमिटेडको खुद मुनाफा १५० प्रतिशतले बढेको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १४८.४२ प्रतिशतले नाफा वृद्धि भएर ५० करोड ४० लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको तुलनामा बैंंकको खुद मुनाफा ३० करोड १२ लाख रुपैयाँले बढेको हो । गत आवको सोही अवधीमा बैंकको खुद मुनाफा २० करोड २८ लाख रुपैयाँ थियो । बैंकको वितरण योग्य मुनाफा पनि ६९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप… पुरा पढौ

६ महिनामा १७७ किमी सडक कालोपत्रे भयो : प्रधानमन्त्री देउवा

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनामा सरकारले १७७ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् । शुक्रबार सरकार गठन भएको ६ महिना पुगेपछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका हुन् । आफ्नो सरकार गठन भएपछि गरेका कामहरुको विवरण प्रस्तुत गर्दै उनले भने, ‘संघको कार्यक्षेत्र अन्तर्गत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ उनले ८२ झोलुंगे पुल निर्माणसमेत भएको बताए ।… पुरा पढौ

इन्टरनेटमा आएको समस्या समाधान हुन केहि हप्ता लाग्ने

काठमाडौं, ७ माघ । केहि दिनदेखि नेपालमा चलाईने इन्टरनेटमा आईरहेको समस्या समाधान हुन अझैं केहि हप्ता लाग्ने भएको छ । समुद्रमा बिछ्याईएको इन्टरनेट केबलमा खराबि उत्पन्न भएपछि इन्टरनेट संचालनमा समस्या आएको हो । नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले एक बिज्ञप्ति प्रकाशित गरी समुद्र मुनिका केबलहरुमा समस्या आएको कारण इन्टरनेट सेवा प्रभावित भएको जनाएको छ । विश्वव्यापी रुपमा इन्टरनेट सेवा प्रवाह गर्न समुद्र मुनिका सबमरिन केबलहरु प्रयोग गरिन्छ । बितेका केहि दिनदेखि सबमरिन केबलमा समस्या भईरहेको कुरा जानकारी गराउँदछौं, संघका… पुरा पढौ

सबै सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली(सूचनासहित)

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएको हो । प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन । यस्तै… पुरा पढौ

एक वर्षमा ६३१ अर्बले बढ्यो धितोपत्र बजार पुँजीकरण

काठमाडौं, ७ माघ । सेयर बजारमा एक वर्षको अवधीमा ६३१ अर्ब रुपैयाँले धितोपत्र बजार पुँजीकरण बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधीमा ६ खर्ब ३१ हजार ४ करोड रुपैयाँले बजार पुँजीकरण बढेको हो । चालू आर्थिक वर्षको मंसिर मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो भने गत आवको सोही अवधीमा बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । बजार पुँजीकरणसँगै नेप्से सूचकांक पनि… पुरा पढौ

५ महिनामा फाइनान्सहरुकाे खुद नाफा ५५ करोड नाघ्याे, बेष्ट फाइनान्स बन्याे बढी कमाउने कम्पनी

काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनामा फाइनान्स कम्पनीहरुले ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । १७ वटा फाइनान्स कम्पनीहरुमध्ये ११ कम्पनीहरु नाफामा गएका छन । ४ कम्पनीको नाफा न्युन र बाँकी दुई कम्पनी घाटामा गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्मको फाइनान्स कम्पनीहरुको नाफा हेर्दा सबैभन्दा माथि बेष्ट फाइनान्स रहेको छ । तथ्यांकअनुसार बेष्ट फाइनान्सले १२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर बढी कमाउने… पुरा पढौ

ग्लोबल आइएमई बैंकले कमायाे २ अर्ब ६६ करोड

काठमाडौं, ७ माघ । ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा सामान्य बृद्धि भएको छ । यस वर्षको पुस अन्तिमसम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गतवर्षको सोहि अवधिकोभन्दा १५.०४ प्रतिशत बढी हो । कमिसन आम्दानी बढ्दा इम्पेयरमेन्ट चार्ज घटेको कारण बैंकको नाफामा बृद्धि भएको हाे। बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत, कमिसन आम्दानी १३.६९ प्रतिशत… पुरा पढौ

नबिल बैंकको नाफामा सुधार, वितरण योग्य मुनाफा कति ?

काठमाडौं, ७ माघ । नबिल बैंकले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खुद नाफामा सामान्य सुधार देखिएको छ । पुसको अन्तिमसम्म बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत वर्षको सोहि अवधिमा कमाएकोभन्दा ८.२० प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले र कमिशन आम्दानी ०.५१ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको संचालन… पुरा पढौ

देशभर चिसो बढ्दै, सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

काठमाडाैं, ७ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर चिसाे बढीरहेकाेले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०७ गते  दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया… पुरा पढौ