मुख्य समाचार

२२.२५ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

काठमाडौं, ६ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत वर्षको सोहि अवधिकोभन्दा खुद नाफामा बृद्धि भएको छ । यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म संस्थाले १४ करोड ७८ लाख खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा २२.२५ प्रतिशतले बढी हो । गएको वर्ष संस्थाको नाफा १२ करोड ९ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानीमा भएको बृद्धिसंगै संचालन नाफा बढेपछि खुद नाफामा… पुरा पढौ

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, पाँच लाखको सामूहिक दुर्घटना बीमा

काठमाडाैं, ६ माघ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा बीमा कार्यान्वयनमा आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने जानकारी दिए। कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई दिने गरिएको… पुरा पढौ

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

काठमाडाैं, ६ माघ । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरे। भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे। उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान… पुरा पढौ

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत

काठमाडाैं, ६ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर… पुरा पढौ

उच्च पहाडी, हिमाली भू-भागमा वर्षा र हिमपातको संभावना

काठमाडाैं, ६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदुर पश्चिम प्रदेश, कर्णाली  प्रदेश लगायत अन्य प्रदेशका पहाडी भु-भागहरुमा आंशिक  देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०६ गते  दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका… पुरा पढौ

६ महिनामा मेची भन्सारबाट ७ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा सात अर्ब ३८ करोड ८६ लाख २४ हजार रुपैयाँ लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८.९ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल… पुरा पढौ

प्राधिकरणको नयाँ नीति : डेरावालसँग बढी महसुल असुले लाइन काटिने

काठमाडौं ५ माघ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै आउँछ नै । नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न… पुरा पढौ

११,३५२ जना थपिए कोरोनाका बिरामी, काठमाडौं उपत्यकामा मात्रै ६३४३ जना संक्रमित

काठमाडौं, ५ माघ । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढी हो । मंगलबार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो । आज कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको… पुरा पढौ

विकास बैंकहरुको नाफा साढे २ अर्ब नाघ्यो, सबैभन्दा बढी कमाउनेमा मुक्तिनाथ विकास बैंक

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा विकास बैंकहरुले साढे २ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिना (मंसिरसम्म) विकास बैंकहरुको नाफा २ अर्ब ५४ करोड १७ लाख रुपैयाँ पुगेको छ । १७ वटा विकास बैंकहरुमध्ये ५ बैंक भने घाटामा गएका छन् । नाफा कमाउने १२ वटा विकास बैंकहरुमध्ये सबैभन्दा बढी आर्जन बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक परेको छ । याे बैंकले पाँच महिनाको अवधीमा… पुरा पढौ

बुधबार ३८ अंकले घट्यो नेप्से, ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, ५ माघ । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर ६ अर्ब रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर दुई हजार ८९८.३१ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबार रकमसमेत घटेको छ । मंगलबार ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१… पुरा पढौ