मुख्य समाचार

काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागू

काठमाडाैं, ७ माघ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनकाे माग

काठमाडौं, ७ माघ । विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । अनेरास्ववियु, अखिल पाँचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, राष्ट्रिय विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी सङ्गठनसहित सात विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको छ । “समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा… पुरा पढौ

स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह

काठमाडौं, ७ माघ । नेकपा (एमाले) को काठमाडौं जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक… पुरा पढौ

राजापुर बजारमा खुल्यो सांग्रिलाको १०६ औं शाखा

काठमाडौं,६ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै राजापुर नगरपालिका ४, राजापुर बजार, बर्दियामा नँया शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवारबाट सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । योसँगै सांग्रिलाको कुल शाखा संख्या १०६ पुगेको छ । बैंकले देशभरका आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुले… पुरा पढौ

वीरगञ्ज भन्सारले गर्याे १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज, ६ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कुन शीर्षकमा कति राजश्व ? चालु आर्थिक वर्षको… पुरा पढौ

३३.०३ अंकले बढ्यो नेप्से, ५ अर्ब ७७ करोड बढीको कारोबार

काठमाडौं, ६ माघ । दुई दिन लगातार ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर बजारको सकारात्मक लयले लगानीकर्ताको उत्साह बढाएको छ । यसदिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेसे परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ । कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ ।… पुरा पढौ

एक बैंक र तीन लघुवित्तको १ करोड ३४ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ६ माघ । नेपाल स्टक एकसचेन्जमा एक बैंक तथा तीन लघुवित्त गरी चारवटा कम्पनीको सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता सेयर सूचीकृत भएको हो । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गएको वर्ष १३.३० प्रतिशत सेयर वितरण गरेको थियो । आशा लघुवित्त आशा लघुवित्त वित्तीय संस्थाको ६… पुरा पढौ

सांग्रिला बैंकको नाफामा छलाङ, इपीएसमा आकर्षक बृद्धि

काठमाडौं, ६ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले यसै आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । याे अवधिमा बैंकको खुद नाफा तथा इपीएस दुबैमा बृद्धि भएको छ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको हाे । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा… पुरा पढौ

सम्झौताअनुसार निर्माण पूरा नगर्ने यी ७ कम्पनी परे कालोसूचीमा

काठमाडाैं, ६ माघ । सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कर्णाली प्रदेशको सल्यानस्थित पूर्वाधार विकास कार्यालय कार्यायको सिफारिसमा काठमाडौँको महाराजगञ्जस्थित आरोग्य कन्स्ट्रक्शन प्रालिलाई तीन वर्षका लागि र… पुरा पढौ

डेढ अर्ब लागतकाे मौलाकाली केबुलकार निर्माण सुरु, १ वर्षभित्र सञ्चालनमा ल्याइने ढकालकाे दाबी

नवलपुर, ६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । “मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भने, “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।” केबुलकार… पुरा पढौ