मुख्य समाचार

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक, उद्योग दर्तामा समेत वृद्धि

काठमाडौं, ५ माघ । सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण ९अद्यावधिक० गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका संख्यामा वृद्धि भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न पाउने व्यवस्था गरेसँगै ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण गराएका हुन् । वर्षौंदेखि नवीकरण नभएका कम्पनीले सो अवधिमा छुट दस्तुर बुझाएर नवीकरण गराएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । सरकारले कम्पनी… पुरा पढौ

एपीएफ क्लब बन्यो प्रधानमन्त्री कप टी-२० क्रिकेटको च्याम्पियन

काठमाडौं, ५ माघ । प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । पुरा पढौ

आरएमडीसी लघुवित्तको सञ्चालकमा शर्मा र तिमल्सिना नियुक्त

काठमाडौं, ५ माघ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मा नियुक्त भएका छन् । गत शुक्रबार सम्पन्न भएको वार्षिक साधारणसभाले सर्वसाधारण सेयर धनीहरुको तर्फबाट शर्मा र तिमल्सिनालाई निविरोध निर्वाचित गरेको कम्पनी सचिव अनिलकृण जोशीले जानकारी दिए । पुरा पढौ

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको हो । नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको बैठकले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा पटक कारोबार भएको थियो । पुरा पढौ

आज अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, ५ माघ । नेपाली बजारमा आजको विदेशी मुद्राको विनिमयदर कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ । आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ । यस्तै पाउण्ड स्ट्रलिङको बिक्रीदर १६२‍.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । एसियाली मुलुकतर्फ सिंगापुर डलरको बिक्रीदर ८८.७१ र खरिददर ८८.२६ तथा… पुरा पढौ

३८.१० प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकाे नाफा

काठमाडौं, ५ माघ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशनमा ल्याएको छ । संस्थाको आज बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा १० करोड ४४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । सो नाफा गत वर्षको सोहि अवधिकोभन्दा ३८.१० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाकाे संचालन मुनाफा १४ करोड ८८ लाख रहेको छ । गएको वर्ष यही अवधिमा संचालन मुनाफा… पुरा पढौ

५ महिनामा वाणिज्य बैंकहरुको मुनाफा २८ अर्ब नाघ्याे, कुन बैंकले कति कमाए ?

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) मा वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । एक महिनाको अवधिमै २७ वटा वाणिज्य बैंकहरुले करिब २० प्रतिशत नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिना अर्थात् कार्तिकसम्ममा वाणिज्य बैंकहरुको नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो । एक महिनाको अवधीमा १९.८८ प्रतिशत अर्थात् ४ अर्ब ६७ करोड रुपैयाँ बढेर बैंकहरुको नाफा २८ अर्ब २० करोड पुगेको हो । तथ्यांकअनुसार सबैभन्दा… पुरा पढौ

रु ९२ अर्ब लागतकाे फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

मान्म, ५ माघ । रु ९२ अर्ब लागत अनुमान रहेकाे कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले उक्त घोषणा गरेको हो । रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए। “माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ”, उनले भने, “करिब १० हजार रुख कटान हुने अनुमान… पुरा पढौ

उच्च पहाडी, हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको संभावना

काठमाडाैं, ५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ०५ गते  दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का… पुरा पढौ

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, ५ माघ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताउनुभयो । “कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, जोशीले… पुरा पढौ