मुख्य समाचार

सानिमा बैंकको सीइओमा पाण्डे नियुक्त

काठमाडौं, पुस ६ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव सम्हालेका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन् । पुरा पढौ

१२२ उद्योगमा आयाे ३० अर्ब वैदेशिक लगानीकाे प्रतिबद्धता

काठमाडौं, ६ पुस । चालू आर्थिक वर्षको ५ महिनामा ३० अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्क अनुसार र ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो… पुरा पढौ

दुई वाणिज्य बैंक र दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ६ पुस । दुई वाणिजय बैंक र दुई लघुवित्तको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । एनएमबि बैंक र नेपाल एसबिआई बैंकका सेयरधनीहरुले आजसम्म लाभांश सुरक्षित गर्न सक्ने भएका हुन । यस्तै गणपति लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । चारैवटा कम्पनीको पुस ७ गते साधारण सभाको प्रयोजनको लागि बुक कलोज गरिने भएको छ । सेयरधनीहरुले आज मंगलबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको… पुरा पढौ

मतदाता नामावली सङ्कलनमा सहयोग पुर्याउन निर्वाचन आयोगको अपिल

काठमाडौं, ६ पुस । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ । देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता अहिले नामावली सङ्कलन कार्य भइरहेको छ । नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावलीमा दर्ता, व्यवस्थापन,… पुरा पढौ

धमाधम लाभांश घोषणा गर्दै वाणिज्य बैंकहरू, सबैभन्दा बढी मुनाफा दिनेमा नबिल बैंक

काठमाडौं, ५ पौष । वाणिज्य बैंकहरुले गत आव ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । सिभिल बैंकबाहेकका सबै बैंकहरुले लाभांश घोषणा गरेका छन । २७ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक सबै बैंकले लाभांश घोषणा गर्दै आएका छन् । बाँकी २६ बैंकहरुमध्ये सिभिल बैंकले लाभांश घोषणा गरेको छैन । अन्य २५ बैंकहरुले घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा बढी नबिल बैंकले हरेक वर्ष जस्तै आकर्षक लाभांश घोषणा गरेको छ । यसवर्ष पनि बैंकले ३६.६… पुरा पढौ

तनहुँका ३५ हजार बालबालिकालाई पौष ८ गते विद्यालयमै खोप लगाईने

दमौली, ६ पुस । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ । “मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,”… पुरा पढौ

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने प्रचार नियोजित हाे : अर्थमन्त्री शर्मा

काठमाडौं, ५ पुस । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोेजित पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए । ‘पुँजीगत खर्चको स्थिति कमजोर छ, यो कुरा साँचो हो । तर, अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ उनले भने, ‘पुँजीगत खर्च बढाउनै पर्छ, तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक छ… पुरा पढौ

अझैं उकालो लागेन सेयर बजार, कहिले फर्किएला लयमा ?

काठमाडौं, ५ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजार राताम्मै भएको छ । पहिलो दिन आईतबार उपत्यकामा भएको सार्वजनिक बिदाका कारण कारोबार बन्द भएको थियो । सोमबार बजार खुलेपछि सकारात्मक लय लिन्छ कि भनेर पर्खिरहेका लागनीकर्ताहरुको लागि यस दिनले पनि उनीहरुकाे मन खुसि बनाउन सकेन । पछिल्लो पटक नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिमाथिको समिक्षाबाट र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारमाथि गरेको नकारात्मक टिप्पणीको कारण ओरालो लागिरहेको छ । यहि बीचमा सेयर लगानीकर्ताहरुको संयुक्त कार्यदलले अर्थमन्त्री… पुरा पढौ

आर्थिक पुनरुत्थानका लागि एकीकृत राहत आवश्यक

काठमाडौं, ५ पुस । नेपालको आर्थिक र सामाजिक क्षेत्र यतिवेला जटिल अवस्थाबाट गुज्रिरहेको छ । विगत दुुई वर्षदेखि विश्वव्यापी महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) प्रकोपका कारण नेपालसहित विश्वकै जनजीवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा समग्र अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ । नेपालको अर्थतन्त्र विश्वसँग एकाकार नभएकाले त्यति धेरै प्रभावित नहुने अनुमानलाई निस्तेज पार्दै यथेष्ट रूपमा प्रभावित भएको छ । बन्दाबन्दी (लकडाउन) का कारण यातायात, आवतजावत, उद्योग, कलकारखाना, आयात, निर्यात, उत्पादन तथा पर्यटनसहित अधिकांश क्षेत्र प्रभावित भएको पाइएको… पुरा पढौ

पर्वत अस्पताललाई लायन्सले गर्‍यो २ करोड सहयोग

पर्वत,५ पुस । पर्वत अस्पताललाई लायन्सकाे माध्यामबाट २ करोड बराबरकाे सहयोग प्राप्त भएकाे छ । लायन्स डिस्ट्रिक्ट ३२५ बि १ नेपालकाे पहलमा लायन्स क्लब्स अन्तराष्ट्रिय गुठीबाट प्राप्त ग्राण्ट १,१६,३८,१२० , संघिय सांसद माननीय पदम गिरीबाट ३५,०००००, कुष्मा नगरपालीका बाट १५,००००० र कुस्मा स्थित ८ वटा लायन्स तथा लियो क्लबबाट ३३,२५,९९५ गरि जम्मा रु.१,९९,६४,११५/- बराबरको रकमबाट पर्वत अस्पतालको लागी अति आबश्यक बिभिन्न स्वास्थ्य उपकरण तथा फर्निचरहरु हस्तान्तरण गरिएकाे प्राेजेक्ट चेयरपर्न लायन बसन्त कर्माचार्यले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तराष्ट्रियका पुर्व… पुरा पढौ