मुख्य समाचार

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

जनकपुर, ८ पुस । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्… पुरा पढौ

नाडाले गर्याे पदाधिकारी चयन, यस्तो छ नयाँ टिम

काठमाडौं, ७ पाैष । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरू बुधबार चयन भएका छन । नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ तथा संस्थागत उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।  सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि नाडा कार्यसमितिमा एक -एक वर्ष कार्यकाल बाड्ने… पुरा पढौ

उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह नभएकोमा राष्ट्र बैंकको चिन्ता

काठमाडौं, ७ पुस । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रबाह नभएकोमा राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको तर, उत्पादनमुलक क्षेत्रमा कम कर्जा प्रबाह भएको भन्दै चिन्ता व्यक्त गरेको हो । बुधबार आर्थिक पत्रकारहरुसँगको छलफलमा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा‍. प्रकाश श्रेष्ठले पछिल्लो समय कर्जा विस्तार उच्च भए पनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको बताए । पत्रकारसँगको छलफलमा उनले भने, ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा… पुरा पढौ

वैशाख २० मा स्थानीय तहको निर्वाचन गर्ने आयोगकाे तयारी

बनेपा, ७ पुस । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए । छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी… पुरा पढौ

वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाको प्रकाशन पूर्व इन्सेकले गर्यो समिक्षा(भिडियाे)

पोखरा, ७ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि यहाँ संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समिक्षा पोखरामा बुधबार सम्पन्न गरेको छ । इन्सेकले कास्की जिल्लामा सन् २०२१ जनवरी देखी डिसेम्बरसम्म ८१ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको जनाएको छ । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलका अनुसार मानव बेचविखन तथा जर्वजस्ती यौन कार्यमा लगाइएका ६ जना, बलात्कार एक जना र घरेलु हिंसामा ४९ महिला पीडित बनेका छन् । परिवारजनबाट… पुरा पढौ

पुनर्निर्माणका बाँकी काममा बजेट अभाव हुदैन : प्रधानमन्त्री

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१औं बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाएका थिए । उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनर्स्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए । सो अवसरमा निर्देशक समितिका उपाध्यक्ष… पुरा पढौ

बुधबार सेयर बजारमा हरियाली, चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं, ७ पुस । लामो समयदेखि ओरालो लागेको सेयर बजार बुधबार भने निकै उकालो चढेको छ । मंगलबार पनि नेप्से उकालो लागेको भए पनि कारोबार रकम भने घटेको थियो । आज भने कारोबार रकमसहित समग्र बजार धनात्मकतर्फ लम्किएको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर दुई हजार ५०७.७० अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा प्रवेश गरेको छ । आज २३३ कम्पनीका ८१ लाख… पुरा पढौ

एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै

फुङ्लिङ, ७ पुस । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन्… पुरा पढौ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

काठमाडौं, ७ पुस । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । हाल कायम चुक्ता पुँजीको एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पुरा पढौ

संघीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष

काठमाडौं, ७ पुस । प्रतिनिधिसभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधले संसद्ले गति लिन सकेको छैन । जनप्रतिनिधिमुलक सर्वोच्च संस्था सदनमा सांसद्ले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन । यसले जनताका सवाल ओझेलमा परेका छन् । जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलगायत महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने विधेयकले संसद्बाट पूर्णता पाउन नसकेको बताइएको छ । संघीय संसद्को नवौं अधिवेशन पनि एमालेको अवरोधका कारण नियमित कामकारबाही प्रभावित रह्यो… पुरा पढौ