मुख्य समाचार

चीनबाट रासायनिक मल आउन सुरु

चौतारा, ३ कात्तिक । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म… पुरा पढौ

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

काठमाडौं, ३ कात्तिक । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ । बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा… पुरा पढौ

राष्ट्र बैंकको निर्देशनपछि शेयर बजारमा छायो हरियाली

काठमाडौं, ३ असोज । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ । १३ वटै उपसमूहहरु उकालो चढेका छन । लामो समयदेखि अस्थिर हुँदै आएको शेयर बजारमा बेला बेलामा सकारात्मक सुधारको संकेत देखिए पनि स्थिर भएको थिएन । विशेष गरी नेपाल राष्ट्र बैंकले शेयर कर्जामा तोकेको १२ करोडको सिमापछि लगानीकर्ताहरु हच्किएका थिए । उनीहरु आन्दोलनमा उत्रिए र त्यसको विरोध पनि गर्दै आएका छन् । यहिबीचमा बैंक तथा वीत्तिय संस्थारुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर शेयर… पुरा पढौ

बाढीपहिरो अपडेट : मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहिन

काठमाडौ, ३ कात्तिक । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए। सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ । अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु… पुरा पढौ

पश्चिमबाट पूर्वतिर सर्यो वर्षा, बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं, ३ कात्तिक । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । वर्षाका कारण जनधनको क्षति भएको छ । भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ… पुरा पढौ

नयाँपुल-घान्द्रुक सडक पहिराेले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

पाेखरा, ३ कात्तिक । कास्कीकाे पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराेले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० मा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् । उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

काठमाडौं, ३ कात्तिक। बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ… पुरा पढौ

महासचिव पोखरेलले लिए महानगर प्रमुख जिसीकाे स्वास्थ्य अवस्थाबारे जानकारी

पोखरा, २ कात्तिक । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् । नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिदैं सोधे, ‘तपाईंलाई कस्तो छ ? पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उनको निवास पगेका हुन । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,… पुरा पढौ

७७.३३ अंकले घट्यो नेप्से, काराेबारमा नबिल बैंक अगाडी

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि सुस्ताएको शेयर बजार अझैं माथि उठ्न सकेको छैन । उसैमा बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन् भने यसको असर शेयर बजारमा परेको देखिएको छ । साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ७७.३३ अंकले घटेको छ । यसरी घटेको नेप्से २५१०.७३ विन्दुमा झरेको छ । नेप्से २.९९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.२८ अंकले घटेर ४७१.९१ विन्दुम पुगेको छ । कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ९५ लाख ७२ हजार… पुरा पढौ

पुस्तक समीक्षाः राजनीति, विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ

काठमाडौ‌, २ कात्तिक । बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र भावी पुस्तालाई तिनका योगदानबारे सम्झाउन गरिने यस सिर्जना कर्मले इतिहासको पनि संरक्षण गर्न भूमिका खेल्छ । प्रौढ व्यक्तिको लामो इतिहास होला, युवाको छोटो, तथापि ती समाजका सम्पत्ति हुन् र यस्तो प्रकाशन कठिन काम भए पनि अनिवार्य देखिन्छ । नेपाली राजनीतिमा कमै मात्र राजनीतिक कार्यकर्ता वा राजनीतिकर्मी वा राजनीतिज्ञ विकासकाबारे बहस चलाउन रुचि राख्थे वा राख्छन् । धेरैजसो राजनीतिकर्मी राजनीतिक सिद्धान्त, वा दर्शन वा… पुरा पढौ