मुख्य समाचार

उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यकाे स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौ‌, २ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पतालमा भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन् । दमको समस्या बढेपछि उनी उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उनको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक… पुरा पढौ

अपडेट : ६६.३९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, २ कात्तिक । शेयर कारोबार हुने साताको तेश्रो दिन मंगलबार शेयर बजार सामान्य अंकले बढ्यो । प्रि-ओपन सेसनमा नेप्से ०.१८ अंकले बढेर २५८८.२५ विन्दुमा पुग्यो । उक्त अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंकले घट्यो । उक्त सेसनमा ६ कम्पनीको शेयर कारोबार भयो । ३ कम्पनीको शेयरमूल्य बढेको पाईयो भने २ को शेयरमूल्य घट्यो । बाँकी १ को स्थिर रह्यो । यो समाचार तयार पार्दाको दिउँसो सवा १२ वजेको समयमा भने नेप्से ६६.३९ अंकले घटेर २५२१.६७ विन्दुमा झरेको छ ।… पुरा पढौ

देशभर हल्कादेखि मध्यम बर्षा, यस्तो छ ३ दिनको मौसम

काठमाडौ, २ कात्तिक। देशका बिभिन्न भागमा हल्कादेखि मध्यम बर्षा भइरहेकाे छ । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेको हाे । देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुनेछ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनको… पुरा पढौ

बस्नेतको ब्यवसायिक उडान

नेपालको व्यवसायीक जगतमा स्थापित नाम हो वीरेन्द्र बहादुर बस्नेत । सपना देख्नेले नै सफलता हासिल गर्न सक्छन। यस्तै एक पात्र जसले महत्वाकांक्षी सपना देखेर अहिले सफल भएका छन् । पेशामा निरन्तरता, इमान्दारिता र लगनशिलता । यी तीन सूत्र जीवनमा लागु गर्दै सफल भएका व्यक्ति हुन् नेपालको अग्रणी डोमेस्टिक एयरलाइन्स बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत । सफल आवाजको स्तम्भ सफल प्रोफाइलमा हामीले प्रबन्ध निर्देशक बस्नेतको व्यवसायीक यात्रालाई प्रस्तुत गरेका छौं । सन १९९७ अक्टोबरमा बुद्ध एयर स्थापना गरेको बस्नेत… पुरा पढौ

वालिङमा प्रभावकारी बन्याे स्वास्थ्य बीमा

वालिङ, २ कात्तिक । स्याङ्जाकाे वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् । गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत प्रमोद जिसी (शङ्कर) ले जानकारी दिए । अस्पतालमा गत… पुरा पढौ

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित

काभ्रेपलाञ्चोक, २ कात्तिक । ‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए। नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेएका ब्याञ्जूले महासभालाई सोमबार सम्बोधन गरेका थिए ।… पुरा पढौ

बडादसैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

काठमाडौं, २ कात्तिक । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै… पुरा पढौ

चर्को घाटामा आयल निगम, आपूर्तिमा असहज हुन सक्ने

काठमाडौं, १ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन ९आइओसीले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद… पुरा पढौ

कात्तिकको कारोबारको पहिलो दिनमै नेप्सेमा पहिरो, कटेन २६०० को विन्दु

काठमाडौं, १ कात्तिक। नेपाल राष्ट्र बैंकले शेयर कर्जामा १२ करोडको सिमा तोकेदेखि असन्तुलित हुँदै आएको शेयर बजारले अझैं लय लिन सकेको छैन । उक्त सिमाको विरुद्ध लगानीकर्ताहरु आन्दोलनमा उत्रिए । यही बीचमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको छ । अहिले चाडपर्व बिचमा रहिरहेको अवस्था र दशैंको बिदापछि सोमबार खुलेको शेयर बजारको स्वरुप राताम्मै भएको छ । नेप्से सोमबार २६०० को विन्दु कट्न सकेन । यसदिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से… पुरा पढौ