मुख्य समाचार

कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज

काठमाडौं, १६ असोज । नेपाली कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको राससलाई जानकारी दिए । काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ कोे क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिएको… पुरा पढौ

आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारीमा शर्मा नियुक्त

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नाकोत्तर हासिल गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । कार्यक्रममा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको… पुरा पढौ

सहकार्यमा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं, १५ असोज । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनेले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले… पुरा पढौ

भावी कार्यदिशा बनाउँदै समावेशी आयोग

काठमाडौं, १५ असोज । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ । पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले लक्षित वर्गको संरक्षण, सशक्तिकरण र विकास तथा सहभागिता सुनिश्चित गर्ने नीति पहिचान गर्नाका साथै आयोगको संस्थागत क्षमता विकास गरी अध्ययन अनुसन्धान गर्नसमक्ष बनाउने योजना सुनाए । आयोगले खस आर्य, पिछडा वर्ग, अपाङ्गता… पुरा पढौ

पूर्वसतर्कताकाे आदेश जारी गरिएको हाे : काठमाडौं प्रशासन

काठमाडाैं, १५ असाेज । काठमाडौं प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारवाहीमा कुनै अवरोध नरहने जनाएको छ । प्रशासनबाट बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिकरुपमाा भएको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले पूर्वसतर्कताका लागि मात्रै आदेश जारी गरिएको आज विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । बुँदा नम्बर १ मा कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यकरूपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा महोत्सव भोजआदि नगर्ने, नगराउने उल्लेख… पुरा पढौ

पूर्वप्रधानन्यायाधीशको अदालतको अवहेलना मुद्दामा दावी नपुग्ने

काठमाडौं, १५ असोज । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । उक्त निर्णयसँगै चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाएका हुन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार चार पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ… पुरा पढौ

कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी हमेशा जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताए। “बहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने आवश्यकता र सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने दायित्वका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता प्रदर्शन गर्नुपर्दछ”, उनले भने, “कम्युनिष्ट पार्टी… पुरा पढौ

साहस उर्जाको आइपीओ प्रि-अलटमेन्ट सकियो, आईतबार बाँडफाँड हुने

काठमाडौं, १५ असाज । साहस उर्जाले आईतबारदेखि आइपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीको असोज ६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको थियो । सोहि शेयरलाई बाँडफाँड गरिने भएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । यसैका लागि शुक्रबार प्रिअलटमेन्ट सकिएको छ । असोज ६ गतेदेखि असोज १० गतेसम्म कम्पनीको ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याईएको थियो । जस्मध्ये २… पुरा पढौ

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सुरु

ललितपुर, १५ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् । पुरा पढौ

जनहितका योजना अघि बढाउनूस् : राष्ट्रपति भण्डारी

काठमाडौ‌, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिएकL छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज शुभारम्भ गर्दै उनले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भनिन् । राष्ट्रिपति भण्डारीले भनिन, “जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूूलक समाज निर्माणमा योगदान पुु¥याउनुपर्छ ।” विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको… पुरा पढौ