मुख्य समाचार

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी

सुर्खेत, १५ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् । सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो । बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरे । “सरकारी गोदाममा चिनी नभएको मौका छोपेर… पुरा पढौ

डिजिटल वालेटः एक वर्षमा ३० लाख प्रयोगकर्ता बढे, कत्तिको छ सुरक्षा ?

काठमाडौं, १५ असोज । विगत एक वर्षयता झन्डै ३० लाख प्रयोगकर्ताहरू थपिएर यतिखेर ९२ लाख जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको बताइन्छ। यो अवस्थामा सुरक्षासम्बन्धी चुनौतीहरू टड्कारो रूपमा आएको अधिकारी तथा विज्ञहरूले औँल्याएका छन्। गतवर्ष साउन महिनामा क्यूआर कोडमार्फत् ५८ करोड रुपैयाँ जतिको कारोबार भएकोमा यो वर्षको साउनमा पाँच अर्ब रुपैयाँ नाघेको विवरण राष्ट्र ब्याङ्कले दिएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्, ूडिजिटल प्लेटफर्ममा हुने वित्तीय सेवाको सुरक्षाका लागि अन्तर्राष्ट्रिय मान्यताकै आधारमा सुरक्षा सुनिश्चितता गर्नुका… पुरा पढौ

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

सिरहा, १५ असाेज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल,… पुरा पढौ

न्यादी हाईड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं, १५ असोज । न्यादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाखको आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले असोजको… पुरा पढौ

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

म्याग्दी, १५ असोज । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन। सेभेन समिट टेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । “धवलागिरि हिमालमा नेपाली महिलाले… पुरा पढौ

एमालेको विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौं, १५ असोज । नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ । अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक… पुरा पढौ

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं, १५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन्। एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताए। जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उनले उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय… पुरा पढौ

‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

ललितपुर, १५ असोज । महालक्ष्मी नगरपालिकाले ३१आँै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे। उनले भने, “तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछाँै ।” नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले… पुरा पढौ

बुद्धभूमि हाइड्रोको आइपीओमा पर्यो २१ लाख बढीको आवेदन

काठमाडौं, १४ असोज । असोज ११ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको बुद्धभूमि नेपाल हइड्रोपावरको आइपीओमा अन्तिम दिन आजसम्म आउँदा २१ लfख बढी आवेदकले आवेदन पेश गरेका छन् । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा २१ लाख ११ हजार ८१९ जनाको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । २१ लाख ११ हजार ८१८ लगानीकर्ताहरुले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । सरसर्ति हेर्दा २० लाख आवेदकको हात खालि हुने भएको छ ।… पुरा पढौ

‘परराष्ट्र नीति देश र जनताको हितमा केन्द्रित हुनुपर्छ’: परराष्ट्रमन्त्री खड्का

काठमाडौ‌, १४ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीति राष्ट्रिय सहमतिमा नै तर्जुमा गर्नुपर्ने बताए । राष्ट्रिय सहमति कायम गरेर परराष्ट्र नीति बनाउनुपर्छ, दल विशेषको परराष्ट्र नीति हुँदैन । “सबै राजनीतिक दलबीच सहमति कायम गरेर साझा राष्ट्रिय हित प्रवद्र्धन गर्ने परराष्ट्र नीति बनाउन मेरो… पुरा पढौ