मुख्य समाचार

साताको शेयर बजारः ४२ अर्ब २९ करोडको कारोबार

काठमाडौं, २६ भदौ । शेयर बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो । नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल २३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार आठ कित्ता शेयर रु… पुरा पढौ

सफल त्यो मानिस हुन्छ जो थप एक कोशिस गर्छ, डा. बुद्धि मल्लको विचार

पूर्व अमेरिकी गीतकार स्टिभ वण्डरले भनेका छन् - संघर्ष सहितको जीवनको मात्र अर्थ हुन्छ । विजय र पराजय त ईश्वरको हातमा मात्रै हुन्छ । त्यसैले हामीले संघर्षमा पनि उत्सव मनाउन सक्नुपर्छ । संघर्षबिनाको नतिजा मूल्यहीन हुन्छ । जसरी बिनापढाको प्रमाणपत्रले कुनै अर्थ हुँदैन, त्यसरी नै बिनासंघर्षको मानिसको जीवनको अर्थ हुँदैन । मानिसको धर्म संघर्ष गर्नु हो भने भगवानकाे धर्म मानिसलाई पास वा फेल गर्ने हो भनेर मानिसले निरन्तर संघर्ष गरिरहनुपर्छ । १९८१ मा ईजरायलका २२ वर्षिय युवक योस्सि घिन्स्बर्ग साथीहरुसंँग… पुरा पढौ

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बिहान बसेको उक्त बैठक अपराह्न साढे ३ बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो । आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताए । “बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को… पुरा पढौ

उही जोश र जाँगरका साथ नि:स्वार्थ समाजसेवामा सक्रिय महेन्द्र सर

एल्बमबाट/ तस्वीर-छत्तीस : हरिवन नगरपालिका वडा नम्बर १० सुखेपोखरी, सर्लाही स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय अहिले आफ्नो स्थापनाको स्वर्ण-बर्ष मनाइरहेको छ। सर्लाही जिल्लाको उत्तरी भेगकै पहिलो माध्यमिक विद्यालय हुनुको गौरव त योसंग छँदैछ। यसबाहेक यो यस जिल्लाको आठौं नम्बरको पुरानो माध्यमिक विद्यालय पनि हो। मैले यही माध्यमिक विद्यलयबाट २०३२ सालमा प्रवेशिका परीक्षा( एस.एल.सी.) उतृर्ण गरेको हुँ। पूर्व- पश्चिम महेन्द्र राजमार्गको छेउमा रहेको यो स्कुलमा हामी पढ्दै गर्दा, यातायात सहजताको कारण, पश्चिमीमा चन्द्रनिगाहपुर (रौतहट जिल्लामा पर्ने यो नगरलाई अचेल चपुर भनिंदोरहेछ)… पुरा पढौ

ज्ञान, अनुभव र ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु : सेन

काठमाडाैं, २६ भदाै । लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले अक्टोबर २३–२५, २०२१ मा हुन लागेकाे चुनावमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवसीय नेपालीलाई बुझाइरहेका छन् । पूर्व बेलायती सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अभ्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउँछन् । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा… पुरा पढौ

‘एमसिसी नेपालले नै छनौट गरेको परियोजना हो’

काठमाडौँ, २६ भदौ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठहराई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ। एमसिसीबारे विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेका बेला सो निकायले स्पष्ट पार्दै परियोजना छनोटमा नेपाल सरकारको टोलीलाई एमसिसीले संयोजन गर्नुका साथै अमेरिकी सरकारी कर्मचारीको टोलीले सहयोग मात्र गरेको जनाएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारका प्रश्नको जवाफका क्रममा एमसिसीले नेपालको आफ्नै प्रसारण लाइन गुरुयोजना सन् २०१५ को दस्तावेजले पहिचान… पुरा पढौ

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं, २६ भदौ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । पुरा पढौ

आज ऋषिपञ्चमी मनाइँदै

काठमाडौं, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा… पुरा पढौ

दूधको कारोबारले आत्मनिर्भर

कञ्चनपुर, २६ भदौ । शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा ५ वर्षदेखि दूधको कारोबारमा संलग्न छन् । उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ । गर्मी मौसममा ३ सय र चिसोमा २ सय ६० लिटर दूध सङ्कलन हुने गरेको छ । संकलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिकरूपमा बोहराले ३०… पुरा पढौ

धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

काठमाडौं, २६ भदौ । कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै ५महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएका हुन् । सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा… पुरा पढौ