मुख्य समाचार

सानिमा माई हाइड्राेद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २५ भदौ । सानिमा माई हाइड्रोपावर कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरिने भएको छ । यस्तै करको प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ । यसैबीच कम्पनीले कार्तिकको ११ गते वार्षिक साधारण सभा डाकेको छ । यसका लागि असोज १८ गत बुक क्लोज हुने भएको छ । असोजको १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी… पुरा पढौ

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४४०० ले पाए शेयर

काठमाडौं, २५ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो। योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार… पुरा पढौ

नबिल ब्यालेन्स्ड फण्ड ३ को १० करोड इकाई आजदेखि निष्काशन

काठमाडौं, २५ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनमा ल्याएको छ । कम्पनीका अनुसार अर्को म्युचुअल फण्ड नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याइएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो । कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ प्रतिशत छुटयाईएको छ । १ प्रतिशत… पुरा पढौ

संसद्काे दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

काठमाडौं, २५ भदौ । संघीय संसद्का दुवै सदनका बैठक शुक्रबार दिउँसाे १ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी राष्ट्रिसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन… पुरा पढौ

कोरोनाले ठूला मन्दिर सञ्चालनमा समस्या

पाल्पा, २५ भदौ । कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो । स्थानीय प्रशासनले वैशाखदेखि भदौ तेस्रो हस्तासम्म मठमन्दिर सञ्चालनमा निषेध गरेसँगै धार्मिक पर्यटकीय क्षेत्र सुनसान बनेका थिए । निषेधाज्ञा अवधिदेखि अहिलेसम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश, सिद्धबाबालगायतका मन्दिर धार्मिक पर्यटकको चहलपहल हुन नसक्दा मन्दिरमा आर्थिक समस्या बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको… पुरा पढौ

अलैँचीको बजार मूल्यमा उत्साह

फुङ्लिङ, २५ भदौ । ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो । पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य… पुरा पढौ

हरितालिका (तीज) पर्व : गोदान, पूर्णपात्र गरी व्रत समापन

काठमाडाैं, २५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका बर्तालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख,… पुरा पढौ

निगमले सातै दिन नयाँ दिल्ली उडान गर्ने

काठमाडौं, २५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा… पुरा पढौ

पशुपतिनाथ भक्तजनका लागि खुला

काठमाडाैं, २५ भदाै । पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएकाे हाे । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ… पुरा पढौ

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक

काठमाडाैं, २५ भदाै । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने… पुरा पढौ