मुख्य समाचार

गण्डकी विश्वविद्यालयको डिनमा डा अधिकारी

गण्डकी, २६ भदौ । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो । अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा अधिकारीले नियुक्तिसँगै पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए। डा अधिकारीको… पुरा पढौ

सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज

काठमाडौं, २६ भदौ । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारे। उनले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिए । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२०… पुरा पढौ

स्रोत नभएका अघिल्लो सरकारले ल्याएका १४०० सडक आयोजना खारेज

काठमाडाैं, २६ भदाै । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतायरी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएनभने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेकाे चालु आर्थिक वर्षको बजेटमा प्रतिस्थापन विधेयक पेश गर्दै आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने… पुरा पढौ

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा… पुरा पढौ

जलवायु परिवर्तनको जोखिमलाई कम गर्न पुनरूत्थान कार्यक्रम

काठमाडौं, २५ भदौ । सरकारले जलवायु परिवर्तनबाट जनजीवनमा परेको जोखिमलाई न्यूनीकरण गर्न जलवायु अनुकूलन, न्यूनीकरण र पुनरूत्थान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि संशोधित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै जलवायुमैत्री, दिगो, दरिलो र समावेशी हुनेगरी विकास आयोजना र कार्यक्रमहरू कार्यान्वयन गरिने जानकारी गराए । यसगरी काठमाडाैं उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने… पुरा पढौ

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)

काठमाडाैं, २५ भदाै । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए। कूल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फको रु ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब ७८ अर्ब १० करोड अर्थात् २३ दशमल १६ प्रतिशत… पुरा पढौ

एमालेको विरोध र नाराबाजीबीच प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं, २५ भदाै । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाले प्रस्तुत गरेको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । नाराबाजीका कारण १५ मिनेट स्थगित भई सुरु भएको दोस्रो बैठक सभामुख… पुरा पढौ

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने : विभाग

काठमाडौं, २५ भदौ । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय तहसँग सहकार्य गर्ने जनाएको हो । काठमाडौँ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी निर्देशकका लागि विभागले आज आयोजना गरेको ‘अभिमुखीकरण कार्यक्रम’मा विदेशमा रहेका नेपालीलाई परेको समस्या समाधान गर्न कागजपत्र जुटाउन सहजताका लागि हरेक स्थानीयवासीलाई अनलाइन प्रणालीमा… पुरा पढौ

काँग्रेस पोखरा महानगर समितिको अधिवेशन सुरु, सभापतिमा ६ आकांक्षी

पोखरा, २५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उनले जनताको भरोसाको केन्द्र काँग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिए । उनले गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिए । पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा १ महिलासहित ६ जनाको प्रतिस्पर्धा… पुरा पढौ

साधना लघुवित्तले गर्यो लाभांश घोषणा, बाेनस कति ?

काठमाडौं, २५ भदौ । साधना लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । संस्थाको संचालक समितिको ९७ औं बैठकले आर्थिक वर्ष २०७७, २०७८ को लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाकोे आर्थिक वर्ष २०७७, २०७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम भएको चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशतले हुन आउने बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसहित २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । २०७८ असार मसान्तसम्ममा… पुरा पढौ