मुख्य समाचार

सानिमा लाइफ इन्स्योरेन्समा २४ लाख बढी आवेदन

काठमाडौं, २५ साउन । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । निष्काशन बन्द हुने अन्तिम दिन आइतबार साँझसम्ममा कम्पनीको शेयरमा २४ लाख बढी आवेदन परेको हो । सानिमा लाइफको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको हो । उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग गरेको क्यापिटलले जनाएको छ… पुरा पढौ

नारायणगढमा २ अर्ब लागतकाे १२ तले प्लाजा निर्माणका लागि सम्झौता

चितवन, २५ साउन । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो । जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस… पुरा पढौ

टोकियो ओलम्पिक सम्पन्न, ३३औं ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

काठमाडौं, २५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण… पुरा पढौ

पारसको पहिचान ७७ नंको जर्सी अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने

काठमाडाैं, २५ साउन । क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् । गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आएका थिए । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उहाँले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने… पुरा पढौ

ओली नेतृत्वको सरकारका अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत

काठमाडौं, २४ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार गरिएका निर्णय कानून सम्मत रहेको उल्लेख छ । सभामुख अग्नि सापकोटाले अध्यादेशमार्फत २०७७ मङ्सिर ३० गते र त्यसपछिका नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले गरेको… पुरा पढौ

सरकारको साझा कार्यक्रम : निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म

काठमाडौ, २४ साउन । सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी ऊर्जा क्षेत्रको विकासलाई अर्थतन्त्र निर्माणको मुख्य आधार बनाउने विषयलाई महत्वका साथ समेटिएको छ । त्यसका लागि आन्तरिक लगानीबाटै मझौला, ठूला तथा जलाशयुक्त आयोजना… पुरा पढौ

मेगा लोकप्रिय बचत खातामा एनसेल सिमसहित आकर्षक सुविधा

काठमाडौं, २४ साउन । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । “शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको… पुरा पढौ

०.६६ अंकले बढ्यो नेप्से, हाइड्रोमा लगानीकर्ताको आकर्षण

काठमाडौं, २४ साउन । साताको पहिलो दिन आईतबार प्रि-ओपन सेसनबाटै हरियो संकेत दिएको शेयर बजारले बजार बन्द हुनु अगाडीको अधिकांश समयमा हरियै संकेत देखाए जस्तै अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा पनि उकालो लागेको देखियो । कारोबार रकम पनि सन्तोषजनक रहेको छ भने लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ बढी देखिएको छ । नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार… पुरा पढौ

बरुण हाइड्रोपावरको विक्रि प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त

काठमाडौं, २४ साउन । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडल हकप्रद शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो । पुरा पढौ

एक महिनासम्म भएन मन्त्रिपरिषद् बिस्तार, शीर्ष नेता छलफलमा

काठमाडौं, २४ साउन । मन्त्रिपरिषद् विस्तारको विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटरमा छलफल चलिरहेको छ । प्रधानमन्त्री देउवाले शपथ गरेको एक महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेको छ । आइतबार साँझ सरकारका न्युनतम साझा कार्यक्रम घोषणा गरेपछि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी रहेको कांग्रेस स्रोतले बतायो । शीर्ष नेताहरूको छलफलमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित… पुरा पढौ