मुख्य समाचार

टोकियो ओलिम्पिक्स २०२० आइतबार समापन

टोकियो, २४ साउन । टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण,… पुरा पढौ

सानिमा लाइफकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । उक्त शेयरमध्ये # लाख कित्ता कर्मचारीका लागि रहेको छ भने # लाख कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । शेयर लगानीकर्ताले कम्तिमा… पुरा पढौ

प्रि-ओपन सेसनः ६.७९ अंकले बढ्यो नेप्से

काठमाडौं, २४ साउन । साताको पहिलो दिन आईतबार शेयर बजारमा प्रि-ओपन सेसन सकारात्मक देखिएको छ । यसदिन प्रि-ओपन सेसनमा नेप्से ६.७९ अंकले बढेको छ । गएको बिहिबार नेप्से बजार बन्द हुँदाको समयसम्म १६ अंकले घटेर ३१०७.४५ विन्दुमा रोकिएको थियो । आज ६.७९ अंकले बढेर नेप्से ३११४.२६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.८२ अंकले बढेर ५८०.१३ विन्दुमा पुगेको छ । कुल १६० कम्पनीको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५ हजार १४१ कित्ता शेयरको खरिद… पुरा पढौ

साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु, २४ साउन । छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो । नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११… पुरा पढौ

किरण गजमेर भ्वाइस अफ नेपालको विजेता

काठमाडौं, २४ साउन । भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् । विजेताले किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । उनी भ्वाइसमा सहभागी हुनका लागि अमेरिकाबाट आएका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका किरण भुटानी शरणार्थी हुन् भने पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए । यससँगै तारा… पुरा पढौ

जनताका पीरमर्का बुझेर काम गर्छुः मुख्यमन्त्री पोखरेल

नवलपुर, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास – डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् । गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले कार्यक्रममा सहभागिता जनाउँदै पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए । अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन… पुरा पढौ

भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

बनियानी, २४ साउन । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उगले बताए । यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट… पुरा पढौ

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लण्डन, २४ साउन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित भएकि थिइन । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भइन । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको… पुरा पढौ

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी, २४ साउन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । सडक विस्तारका क्रममा… पुरा पढौ

एसइई नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट,… पुरा पढौ