मुख्य समाचार

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरू गर्ने तयारी गरिएको थियो । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षाको नयाँ मिति तय गर्न सीसीएमसीले बोर्डलाई पत्राचार गरेको थियो । पुरा पढौ

फेवाताल र माछापुच्छ्रे हिमाल संगसंगै तीर्थलाई सम्झन्छु…

तीर्थ श्रेष्ठ ! मेरो मनपर्ने कवि त हुन् नै। त्योभन्दा पर तीसको दशकमा उदाएको हाम्रो कवि पुस्ताको प्रतिनिधि कवि हुन्। सरल र सम्प्रेष्य भाषामा तीव्र अनुभूतिका साथ जीवन र जनजीवनलाई छुँदै लेखिएका उनका कविता नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन्। साथीको पनि आ-आफ्नै सीमा र स्वभाव हुन्छ । धक नमानीकन मनका कुरा खोल्ने सम्बन्ध छ हामी बीच। तीर्थ श्रेष्ठ मेरो मन मिल्ने पनि साथी हुन् । प्रजातन्त्रप्रति सदैव आस्थावान तीर्थ-कुनै समय राजनीतिमा सक्रिय थिए भने सामाजसेवाप्रतिको उनको शुरुदेखिको लगाव अहिले उनको… पुरा पढौ

जापानबाट आइपुग्यो ५ लाख खोप

काठमाडाै, २३ साउन । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ५ लाख मात्रा खोप शनिबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ५ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप ३ लाख खोप नेपाल आउनेछ । जापानले दिने भनेको बाँकी खोप १ साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ । शुक्रबार भुटानबाट पनि २ लाख… पुरा पढौ

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी

काठमाडौं, २३ साउन तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाले । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेखेका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेखे । प्रतिउत्तर पत्र सकारात्मक आएन । विद्यालय जीवनमै लेखिएको उनको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले… पुरा पढौ

सानिमा लाइफको आइपिओमा साढे ५ गुणा बढी आवेदन

काठमाडौं, २३ साउन । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा साढे ५ गुणा आवेदन परेकाे छ । शुक्रबारसम्ममा कम्पनीको आइपीओमा १९ लाख १८ हजार जना आवेदकबाट करिब ३ अर्ब रूपैयाँ बराबरकाे २ करोड ९९ लाख ८३ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनायाे । याे सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताकाे ५.५५ गुणा बढी हाे । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता… पुरा पढौ

म्याग्दीका ८८ विद्यालयकाे भवन पुनर्निर्माण

म्याग्दी, २३ साउन । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विक्रम संवत् २०७२ सालको भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए । ‘१०५ विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो,’ उनले भने, ‘८८… पुरा पढौ

आज आरटीजीएस प्रणाली १०.३० देखि ११.३० सम्म खुल्ला

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) सिस्टम खुल्ला रहेको जानकारी दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर शनिवाबार पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने बताएको हो । राष्ट्र बैंकले विकास ऋणपत्र २०७१ घ को ब्याज भुक्तानी प्रयोजनका लागि शनिबार आरटीजीएस प्रणाली खुल्ला रहने जनाएको हो । यसका लागि बिहान साढे १० वजेदेखि साढे ११ वजेसम्मको समय तोकिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको सूचना यस्तो छः पुरा पढौ

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी

काठमाडौं, २३ साउन । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भएकाे हाे । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भएको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । पुरा पढौ

स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र

विराटनगर, २३ साउन । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ । उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ शुक्रबार साँझ उद्योग सङ्गठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी… पुरा पढौ

देशैभरि एक हजार ४३३ खोप केन्द्र थप

काठमाडौं, २३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६… पुरा पढौ