मुख्य समाचार

काठमाडौं उपत्यकामा कडाइसहित निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । मंगलबार बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ । कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधवार राति १२ बजेदेखि सकिँदैछ । पुरा पढौ

१६०.८७ प्रतिशतले बढ्यो सामुदायिक लघुवित्तको नाफा, कस्ता छन् अन्य विवरण ?

काठमाडौं, २६ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७, २०७८ मा उल्लेख्य प्रगति गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चौथौ त्रैमासको वित्तीय विवरणका अनुसार वित्तीय प्रगतिमा सुधार देखिएको छ । लघुवित्तले चौथो त्रैमाससम्म १ करोड ७३ लाख बढी रकम खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको भन्दा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा ६६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी १० करोड ९५ लाख ३ हजार… पुरा पढौ

खोप दिन ज्येष्ठ नागरिक भेट्दै नमोबुद्ध नगरपालिका

काभ्रे, २६ साउन । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने“ आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।” उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै… पुरा पढौ

मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट

काठमाडौं, २६ साउन । रसुवाकाे मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । मंगलबार बिहान भएको बाँडफाँटबाट सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् । त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४… पुरा पढौ

२४.२२ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा

काठमाडौं, २६ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खुद नाफा घटेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०७७/२०७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको छ । असारकाे अन्त्यसम्म कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ नाफा कमाएकाे छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिको भन्दा २४.२२ प्रतिशत कम हो । गत वर्ष कम्पनीको नाफा ६ करोड ३२ लाख ३९ हजार रहेको थियो । कम्पनीले बिक्री आम्दानी बृद्धि भएको जनाएको छ । समिक्षा अवधिमा… पुरा पढौ

आज भारी वर्षाको सम्भावना

काठमाडाै, २६ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। राति पनि… पुरा पढौ

बेनीमा आगलागी : दुई पसलमा क्षति

गलेश्वर, २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र… पुरा पढौ

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मकः महासंघ

काठमाडौं, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढवा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासङ्घको ठहर छ । महासङ्घले आफ्नो धारणा सार्वजनिक गर्दै आगामी असोजसम्म एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको उल्लेख गरेको छ । यद्यपि… पुरा पढौ

दूध बिक्री गर्ने कृषकलाई रु १८ लाख अनुदान वितरण

दमौली, २६ साउन । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका… पुरा पढौ

एमसिसीलाई अगाडि बढाउन अमेरिकी राजदूत बेरीद्वारा मन्त्री भुषालसंग आग्रह

काठमाडौं, २५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे । अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका… पुरा पढौ