मुख्य समाचार

व्यवसाय पुर्नजिवनका लागि तत्कालै विज्ञ टोली बनाएर नीति बनाउने : मन्त्री शर्मा

पाेखरा, २५ साउन । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुर्नजिवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखरामा आवद्ध व्यवसायीसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताए । मन्त्री शर्माले भने ‘आफूले कार्यभार समालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु’ । पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको… पुरा पढौ

हाइड्रोपावर र फाइनान्सकाे आकर्षणसंगै नेप्सेमा सामान्य बृद्धि, सेन्सेटिभ इण्डेक्समा गिरावट

काठमाडौं, २५ साउन । नयाँ आर्थिक वर्षको अन्तिम साताको दोश्रो दिन सोमबार शेयर बजारमा सामान्य बृद्धि देखिएको छ । तर यसदिन सेन्सेटिभ इण्डेक्स भने घटेको छ । लगानीकर्ताहरुको हाइड्रोपावर र फाइनान्सप्रति भएको आकर्षणले परिसूचक सकारात्मक दिशामा जान सहयोग गरेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा पुगेको छ । कुल २२४ कम्पनीहरुको शेयर कारोबार भएको छ । २ करोड ५३ लाख ९३… पुरा पढौ

भूमिसम्बन्धी आयोग विघटनविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २५ साउन । भूमिसम्बन्धी आयोग विघटनविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । भदौ १ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सो मितिसम्म यससम्बन्धी सबै कामकारवाही र गतिविधि यथास्थितिमा राख्न आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ । '२०७८/५/१ सम्म विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका कामकारवाहीसम्बन्धी अभिलेख, भौतिक स्रोत साधनलगायतका व्यवस्थापनसम्बन्धी कुराहरू अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।' विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले विघटनको निर्णयविरुद्ध आइतवार… पुरा पढौ

गण्डकीमा जनप्रतिनिधि र कर्मचारी गरी ५ हजार जनालाई प्रशिक्षण

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएका छन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला ।’ नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल… पुरा पढौ

कोभिशिल्डको सट्टामा एस्ट्राजेनिका दोस्रो मात्रा लगाउन शुरू

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो । भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डका रुपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिशिल्डको… पुरा पढौ

बढ्यो आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफा

काठमाडौं, २५ साउन । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा मनग्यै नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक गरिएको वित्तीय विवरणले संस्थाको खुद नाफा बढेको देखिएको छ । पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्ममा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो अघिल्लो पटकको भन्दा ११४.९५ प्रतिशत बढी हो । लघुवित्तले जोखिम व्यवस्थापन रकम नछुट्याएपछि खुद ब्याज तथा संचालन मुनाफामा बृद्धि भएको हो । संस्थाको ब्याज आम्दानी ३८.६९ प्रतिशत बढेको देखिन्छ । संचालन… पुरा पढौ

मौद्रिक नीति यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले यही साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति शुक्रबारसम्म सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको बताइएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ । आर्थिक वर्षको अन्त्य… पुरा पढौ

विश्वकै दोस्रो लामो जिपलाइनमा १३ करोड लगानी, दशैंसम्म संचालनमा आउने

काठमाडौं, २५ साउन । कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । ७ युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ”, उनले भने, “पर्वतमा… पुरा पढौ

एचआइडिसीएलको हकप्रद शेयरमा थपियो आवेदन दिने म्याद

काठमाडौं, २५ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी एचआइडिसीएलले साउन ५ गतेदेखि बिक्रीमा ल्याएको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयरको लागि आवेदन दिने म्याद भदौ ८ गतेसम्म थपिएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा उक्त मितिसम्म आवेदन दिन पाईने भएको हो । कम्पनीले १०० रुपैयाँ मूल्य दरमा ११ करोड कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा ११ अर्ब रुपैया बराबरको जारी गरेको हो । यसका लागि कम्पनीले जेठ २८ मा बुक क्लोज गरेको थियो । जेठ २७… पुरा पढौ

तेस्रो लहरको संकेतपछि प्रहरीले सुरु गर्‍याे मास्क अभियान

काठमाडौं, २५ साउन । काेराेना सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ… पुरा पढौ