मुख्य समाचार

विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

मकवानपुर, १८ साउन । मकवानपुरको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उहाँका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा सो… पुरा पढौ

चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

राजविराज, १८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ । खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ । पुरा पढौ

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १७ साउन । साताको पहिलो दिन आईतबार युनियन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुरुआतको कारोबारको लागि प्रतिशेयर कममा ११५ रुपैयाँ १३ पैसा र बढीमा ३४५ रुपैयाँ ३९ पैसासम्मको रेञ्ज दिईएको छ । दोश्रो बजामा कारोबारको लागि कम्पनीले संकेत यूएलआई(ULI) पाएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएपछि सोमबारबाट दोश्रो बजारमा कारोबार हुने भएको… पुरा पढौ

एन्फा र चरक मेमोरियलबीच सम्झौता

पोखरा, १७ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । असोजमा पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मेमोरियल अस्पतालबीच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ । राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निशुल्क उपचार प्रदान गर्नेछ भने औषधीमा १० प्रतिशत छुट दिने भएको छ… पुरा पढौ

धितोपत्र बोर्ड अध्यक्षलाई कारवाहीको माग

काठमाडौं, १७ साउन । नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा… पुरा पढौ

१.२५ अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोड बढीको कारोबार

काठमाडौं, १७ साउन । साताको पहिलो दिन आईतबार शेयर बजार आरोह अवरोहसंगै आखिर सकारात्मक लयमा अगाडी बढेको देखियो । छिनछिनमै परिसूचक घट्ने बढ्ने भईरहेको देखिए पनि कारोबार यसअघिको जस्तो उचाईमा नपुगे पनि मध्यम खालको भएको छ । शेयर बजार सकारात्मक लयमा जाँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स १.२४ अंकले बृद्धि भएर ५७२.१५ विन्दुमा पुगेको छ । कुल २२६ कम्पनीको शेयर कारोबार भएको… पुरा पढौ

टेलिकमका कर्मचारीको आन्दोलन १२औं दिनमा

काठमाडौं, १७ साउन  । कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् । साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्नेलगायत ३२ सुत्रीय माग प्रस्तुत गर्दै कर्मचारी यही साउन ५ गतेदेखि धर्ना दिँदै आएका हुन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र… पुरा पढौ

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति

काठमाडौं, १७ साउन । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्काे जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्याङ्कले नेपालमा मनसुनजन्य… पुरा पढौ

दक्षिण कोरियाको निर्यात जुलाईमा ५५ अर्ब ४४ करोड डलर

सियोल, १७ साउन । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो बर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता… पुरा पढौ

कोरोनाले थलिएको पोखराको पर्यटन

पाेखरा, १७ साउन । झण्डै २ वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवद्र्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा… पुरा पढौ