कैलाली, १८ साउन । कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुन्। उनको ४ महिनाको बच्चा छ । सुत्केरी भएको २ महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थालेकी छन् । कार्यालय जान थालेपछि उनले बच्चालाई नियमित स्तनपान गराउन पाइनन्। “दुई महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर गर्नुपर्याे, आजभोलि नियमित दूध खुवाउन पाउँदिन”, रुपकलाले भनिन् “कार्यालयमै बच्चा लैजाने खालको वातावरण छैन, बच्चा कहाँ राख्नु ?, स्तनपान कक्ष पनि छैन, अझ कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै सासुआमाले…
पुरा पढौ