मुख्य समाचार

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, १९ साउन । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन । गत जुन महिनामा (निषेधाज्ञाको बीचमा) एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार… पुरा पढौ

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

काठमाडौं, १९ साउन । विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा सङ्कलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई सङ्कलन सुरु गरेका थिए । सम्पादक क्षेत्रीले सङ्ग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा, सुख, सङ्घर्ष, आरोह, अवरोह तथा… पुरा पढौ

खराब कर्जा उठेपछि सूर्योदय लघुवित्तको नाफामा उछाल

काठमाडौं, १९ साउन । यतिबेलाको समयमा लघुवित्तहरु बढी चलायमान भईरहेका छन् । उनीहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् भने शेयर बजारमा पनि लघुवित्तप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको छ । लाभको हिसाबले र उनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरुले नाफा कमाएका देखिन्छन् । यस्तैमा सूर्योदय लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार अघिल्लो वर्षको… पुरा पढौ

जलविद्युतले बदलिएको गाउँ

म्याग्दी, १९ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र आर्थिक गतिविधि बढाएको छ । वडाध्यक्ष चन्द्रप्रकाश फगामी भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउँछन् । “कल्पनासम्म नगरेको अक्करे भिर… पुरा पढौ

२० करोडको लगानी जाेखिममा, साहसिक पर्यटक पर्खंदै बन्जी पुल

पर्वत, १९ साउन । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक सयको हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण बन्द भएको थियो । तर अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ । विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले… पुरा पढौ

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काडमाडौं, १९ साउन । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियाे। कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियाे । सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय… पुरा पढौ

मेलम्चीले गए राति ७ घर बगायो

सिन्धुपाल्चोक, १९ साउन । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का ७ घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।… पुरा पढौ

तनहुँमा सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

तनहुँ, १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए। “विद्यालय सञ्चालनका… पुरा पढौ

यूएनएफपिएले दियाे एक कराेड १९ लाखकाे ८०० थान अक्सिजन सिलिण्डर

काठमाडौं, १८ साउन । सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिन । निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको उल्लेख गर्दै कोषले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले तेस्रो लहरको समाना गर्न सहयोग… पुरा पढौ

उपाध्यक्ष ढकालको नाम जाेडिएकाेमा उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण

काठमाडौं, १८ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो । नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो । विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ… पुरा पढौ